Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
विराटनगर– नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले शान्ति प्रकृया र राज्य पुनर्संरचनासँग गाँसिएका विषयहरु टुंगो नलागेसम्म संविधान निर्माण हुन नसक्ने बताउनुभएको छ ।
प्रेस चौतारी मोरङले शनिबार विराटनगरमा गरेको पत्रकार भेटघाटमा वोल्दै उहांले लडाकुको समायोजन, ब्यवस्थापन, पुर्नस्थापना, कब्जा सम्पत्ती फिर्ता, सवारी साधन सरकारीकरण र राज्यको पुनर्संरचना को विषय टुंगो लागीसकेपछिमात्र संविधान निर्माण हुने बताउनु भएको हो ।
उहाँले हिंसात्मक विद्रोहको संकेत रहेसम्म संविधान बन्न नसक्ने भएकोले त्यस्ता सबै कुरा खारेज हुनुपर्ने र विद्रोहका विचार र संरचना राखेर अगाडी बढ्न खोजे माओवादीकै लागि पनि घातक हुने दावी गर्नुभयो ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नालायकीपन देखाएका कारण शान्ति प्रकृया अड्किएको आरोप लगाउँदै नेता पोखरेलले शान्ति प्रकृया टुंगो लगाउन नसक्ने प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर सहमतिको राष्ट्रिय सरकार गठनको लागि बाटो खुल्ला गर्नुपर्ने उल्लेख गर्नुभयो ।
सहमतिको राजनिति अहिलेको अपरिहार्यता भएकोले त्यसका लागि शान्ति प्रकृया संग गांसिएका विषयलाई विषेश समितिका संयोजक रहेका प्रधानमन्त्रीले लडाकुको पुर्नवर्गिकरणको क्रममा देखिएका समस्या समाधान गर्न विषेश समितिको बैठक वोलाउनु पर्ने उहाँको जिकिर थियो ।
प्रधानमन्त्रीको काम गराई र कृयाकलापले संविधान नबन्ने हो की भन्ने शंका वढेको उल्लेख गर्दै महासचिव पोखरेलले  शक्तिपृथकीकरणलाई संवैधानिक अंगहरुले अर्काको अधिकार अतिक्रमण गर्ने गरी बोल्नु नहुने र सर्वोच्च अदालतको फैसला जनताको पक्षमा रहेकोले सम्मान गर्नुपर्ने बताउनु भयो ।
एमाले एकताबद्ध भएर जानुपर्ने राष्ट्रिय अवाश्यकता भएकोले अहिले पार्टी आन्तरिक सुदृढीकरण र जनपरिचालन अभियानमा लागेको जानकारी महासचिव पोखरेलले दिनुभयो । उहाँले पार्टी नेतृत्वले संकल्पका साथ तीन महिने अभियान सञ्चालन गरेकोले एमाले अव विचार र ब्यवहारले नै एकताबद्ध हुने दाबी समेत गर्नुभयो ।
तपाईको प्रतिक्रिया