Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेललाई मातृ शोक परेपछि जारी केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

गजुरेलकी आमा ८६ वर्षीया टेककुमारीको शुक्रबार राति राजधानीको सिभिल अस्पतालमा निधन भएको थियो । बैठकको अर्को मिति भने तय नभएको महासचिव रामबहादुर थापा ‘बादल’ले जानकारी दिनुभयो ।
टेककुमारीको शनिबार बिहान पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । श्रद्धान्जली अर्पण गर्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष मोहन वैद्य ‘किरण’ अर्का उपाध्यक्ष एवं प्रधानमन्त्री डा. बाबुराम भट्टराई पशुपति आर्यघाट पुग्नुभएको थियो ।
माओवादीमा अध्यक्ष प्रचण्ड र उपाध्यक्ष किरणको फरक मतबारे केन्द्रीय सदस्यहरुले बोल्नेक्रम जारी छ । किरण पक्षधरले प्रचण्डको प्रस्ताव यथास्थितिवादी भएको आरोप लगाएका छन् भने प्रचण्ड पक्षधरणले किरणको प्रस्ताव शान्ति र संविधानविरोधी भएको बताउँदै आएका छन् ।
प्रचण्डले शान्ति र संविधानलाई उपयोग गर्दै नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । वैद्यले भने जनविद्रोहको वातावरण तयार हुँदै गएको भन्दै त्यसतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ ।
तपाईको प्रतिक्रिया