Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापानमा एक्कासी बढिरहेको मौसमी चिसोसंगै यहाँ रहेका नेपालीहरुबीच नयाँ बर्षको सरमागर्मी र रौनकता पनि ह्वाट्टै बढेको छ । नयाँ बर्ष २०१२ को चहलपहल संगै बिदा अवधिभर आवश्यक पर्ने खाद्यान्न, दैनिक उपभोग्य सामाग्रीहरुको किनमेलमा पनि यहाँका नेपालीहरु उत्तिकै ब्यस्त देखिन्छन् ।

अर्को तर्फ नयाँ बर्षको अवसरमा जापानका नेपालीहरुद्वारा बिभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् । जसअनुसार भोलि ३१ तारिख शनिबार साँझ टोकियोमा थकाली सेवा समिति जापानले शुभकामना आदान-प्रदानसहित काउन्टडाउन पार्टीको आयोजना गरेको छ भने सोही साँझ उता जनसम्पर्क समिति कान्तोले पनि चर्चित कलाकारहरुको साँगीतिक कार्यक्रमसहितको शुभकामना आदान प्रदान कार्यक्रम राखेको छ । यसैगरी म्याग्देली सञ्जाल जापानले पनि भोलि नै शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम राखेको छ भने उता ओसाका क्षेत्रमा रहेका नेपालीहरुले पनि स्थानिय रेष्टुरेन्ट सुरजमा भेटघाट तथा शुभकामना आदान कार्यक्रमको आयोजना गरेका छन् ।

यसैगरी गोतान्दास्थित माया रेष्टुरेन्टमा यहां रहेका नेपाली युवायुवतीहरुले नयाँ बर्षको काउन्टडाउन पार्टीको आयोजना गरेका छन भने तोगोसीगिञ्जामा पनि स्थानिय नेपालीहरुको नयाँ बर्षको भेटघाट कार्यक्रम राखिएको छ ।

यसैगरी जनवरी १ तारिखका दिन अन्तरराष्ट्रिय नेपाली समाज जापानको आयोजनामा नेपालबाट आमन्त्रित कलाकारहरुको प्रस्तुती रहेको नयाँ बर्षको साँगीतिक धमाका प्रस्तुत हुन गईरहेको छ भने सोहि दिन वामेली समाज जापानले पनि वामेली सौगात नामको शुभकामना आदानप्रदानसहितको भेटघाट तथा साँगीतिक कार्यक्रमको आयोजना गरेको छ । यसैगरी भोलिपल्ट २ तारिख तमू धीं जापानको ल्होसार कार्यक्रम रहेको छ भने ४ तारिखका दिन नागोयामा एनआरएन तोकाइ होकुरिकुको आयोजनामा नयाँ बर्ष रमाईलो साँस्कृतिक साँझ कार्यक्रमको आयोजना गरिएको छ ।

यता बन्दब्यापार, ब्यवसाय तथा रोजगारीमा रहेका नेपालीहरु अब नयाँ बर्षको लामो बिदाको फुर्सदमा निस्कने तरखरमा छन् । नयाँ बर्षको लामो बिदाको अवसरमा बिशेषगरी नेपालीहरुले बिभिन्न कार्यक्रमहरुमा सहभागी हुने, साथीभाइ, आफन्तसंग भेटघाट गर्ने र घुमफिर गर्ने कार्यक्रमहरु तय गरेका छन् । रेष्टुरेन्ट क्षेत्रमा आबद्ध रहेकाहरु भने जनवरी १ तारिखका दिन १ दिन मात्र बिदा हुने नेपालीहरुको संख्या भने अधिक रहेको पाईन्छ ।

जापानमा रहेका नेपालीहरुका लागि नयाँ बर्षको बिदा बर्ष भरिका बिदामध्यको एउटा मुख्य बिदा अर्थात पर्वकोरुपमा लिईने गरिन्छ । ***

 

तपाईको प्रतिक्रिया