Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025
काठमाडौं- नेकपा (एमाले) अध्यक्ष झलनाथ खनालले शुक्रबारको स्थायी समिति बैठकमा पार्टी एकतासम्बन्धी परिमार्जित प्रस्ताव पेश गरेका छन् ।
गत आइतबार बसेको स्थायी समिति बैठकमा अध्यक्ष झलनाथ खनालद्वारा प्रस्तुत प्रस्ताव अरू नेताहरूले दिएका सुझावहरूलाई समावेश गरी पुनः प्रस्तुत गरिएको हो । एमालेमा लामो समयदेखि रहँदै आएको आन्तरिक विवाद हल गर्नेबारे नेताहरूबीच विभिन्न चरणमा भइरहेका छलफलका आधारमा अध्यक्ष खनालले १२ बुँदे प्रस्ताव पेस गरेका थिए ।
अध्यक्षको उक्त प्रस्तावमा पार्टीलाई पहिलो राजनीतिक शक्ति बनाउनका लागि आन्तरिक एकता जरुरी भएको उल्लेख गर्दै त्यसका लागि नेताहरूबीच हार्दिकता र एकता हुनुपर्नेमा जोड दिइएको छ । तर, अरू नेताहरूले उक्त प्रतिवेदनमा के, कति र कसका कारण विगतमा एकता कायम हुन सकेन ? पद्धति, विधान र निर्णयहरूको उल्लङ्घन कोबाट कसरी भयो भन्नेबारेमा ठोस कुरा उल्लेख नगरी खाली एकताका सन्दर्भमा मात्र चर्चा गरिएको भन्दै वस्तुनिष्ठ कारणहरूको खोजी नगरेसम्म त्यस्तो एकता शब्दमा मात्र सीमित रहने सुझाव दिएका थिए ।
महासचिव ईश्वर पोखरेलको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो- ‘विगतमा हामीले आफ्नै पार्टीको सरकार हुँदा माओवादीको समर्थन गरेर वक्तव्य निकालेका छौँ, सडकमा उत्रिन आह्वान गरेका छौँ । अहिले एकताको प्रिय कुरा गरिरहँदा ती कुराहरूलाई स्वीकार गर्नुपर्दछ कि पर्दैन ?’ त्यसपछि बैठकले बेग्लै मोड लिएको र एकताका लागि आधार तथा कारणहरूको वस्तुनिष्ठ समीक्षा हुनुपर्नेमा सबै नेताहरूको एक मत भएको स्रोतले बतायो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया