शुक्रबार, आषाढ २१, २०८१
Friday, July 5, 2024
काठमाडौं- माओवादी पार्टीको अन्तर्संघर्ष पत्रकारसम्म पनि देखिएको छ । त्यो पनि हद नाघेर ।
दुई दिनअघि एक लागु औषध कारोबारमा संलग्न व्यक्ति राजधानीबाट पक्राउ परे । पक्राउ व्यक्तिको साथमा जनदिशा दैनिकका सहसम्पादक सन्तोषकुमार पौडेलको परिचय पत्र भेटियो ।
यतिकैमा वैद्यपक्षीय भनिने जन्मदेव जैशीलगायत पत्रकारले जनदिशाकै सहसम्पादक पौडेल लागु औषध कारोबारमा संलग्न भएको प्रमाण भेटियो भन्दै फेसबुकमा प्रचार गरे । नभन्दै भोलिपल्टका दैनिक पत्रिका र टेलिभिजनले पनि जनदिशाकै सहसम्पादक पौडेल औषध कारोबारमा संलग्न भनी सार्वजनिक गरे ।
तर प्रहरी अनुसन्धानले पक्राउ परेका व्यक्ति पौडेल नभएर उनको नामको नक्कली कार्डधारी भएको प्रमाण जुटायो ।
लगत्तै सक्कली पौडेललले जारी गरेको विज्ञप्ती यस्तो छ- 
कृष्ण सेन स्मृति प्रकाशन प्रालिद्वारा प्रकाशित जनदिशा राष्ट्रिय दैनिकसँग नाम जोडेर एक जना लागु औषध कारोबारमा संलग्न व्यक्तिले आफ्नो परिचय दिएको खबरले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । आइतबार राजधानीको कलंकी क्षेत्रबाट प्रहरीले पक्राउ गरेको पर्सा घर बताउनै सन्तोष कुमार पौडेल भन्ने व्यक्ति जनदिशा दैनिकमा कुनै पनि समयमा नजोडिएको र सम्बन्धीत नभएको स्पष्ट पार्न चाहन्छौं । उक्त व्यक्तिले जनदिशा दैनिकका सहसम्पादक सन्तोष पौडेलको नाम गरेर नक्कली कार्डसमेत बनाएको कुरालै हामीलाई आश्चर्यचकित बनाएकौ छ ।
 शान्ति अग्रगमन, न्याय र परिवर्तन तथा प्रैस स्वतन्त्रताकौ पक्षमा प्रतिवद्ध जनदिशा दैनिक र त्यसका सहसम्पादक सन्तौष पौडेलको नाम समेतलाई लागु औषध कारौबार जस्तो अपराधमा जोडेर नेपाल टेलिभिजन, कान्तिपुर दैनिक र अन्य संच्ाार माध्यमहरुहरुले प्रचार तथा प्रसार र प्रकाशन गरिएको कार्यप्रति हामी खैद प्रकट गर्दछौं । साथै सुचनाको सहि ढंगले विश्लेषण नगरी र तथ्यको वास्तविकता नबुझी समाचार संप्रषण नगर्न तथा नगराउनुहुन  हामी हार्दिक आग्रह समैत गर्दछौं ।
पर्सा घर भएको उक्त व्यक्ति ठग नै रहेको प्रहरीले समेत प्रमाणित गरिसकेको सन्दर्भमा विभिन्न आफुलाई पत्रकार दावी गर्ने केही व्यक्ति (जन्मदेव जैशी-कार्यकारी सम्पादक, आउटलुक पाक्षिक र खेम थपलिया (सम्पादक जलजला मासिक)ले फेसबुक तथा पत्रिका मार्फत जनदिशाका सहसम्पादक सन्तोष पौडेलमाथि झुठो लान्छना लगाउने तथा चरित्र हत्या गर्ने कार्य गरिरहेकाले त्यसप्रति गम्भीर खेद प्रकट गर्दछौं । यस्ता अनुचित कार्य र चरित्र हत्याकौ श्रृंखला तत्काल रोक्न समैत माग गर्दछौं । अन्त्यमा जनदिशा दैनिककौ प्रकाशन २०६८ बैसाखदैखि बन्द रहेको अवगत गराउदै जनदिशाको नाममा आधिकारीक सुचनाबाहेक कसैले कुनै पनि काम कार्वाही नगर्न तथा नगराउन पनि अनुरौध गर्दछौं । साथै पक्राउ परेको उक्त व्यक्तिमाथि हदै सम्मकौ कडा कार्वाहीको लागि प्रहरीको ध्यानाकर्षण गराउन चाहन्छौं ।
तपाईको प्रतिक्रिया