शुक्रबार, आषाढ २१, २०८१
Friday, July 5, 2024
विराटनगर- सवारी साधनमा चढेका यात्रुमाथी दुरव्यवहार गर्ने तीन जनालाई संखुवासभाको खाादबारी नगरपालिका १३ तुम्लिङटारबाट प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी नायव उपरिक्षक गणेस चन्दका अनुसार तुम्लिङटारबाट  खाँदबारी आउने क्रममा यात्रु माथी पटक पटक दुरव्यवहार गर्ने  खाँदबारी नगरपालिका १ का २४ वर्षीय राज लिम्वु, खाँदबारी नगरपालिका ११ का २८ वर्षीय बमबहादुर तामाङ र खाँदबारी १३ का ३२ वर्षीय रितेस लिम्वुलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको हो ।
प्रहरीका अनुसार यात्रुहरुले पटक पटक आाफुहरु माथी दुरव्यवहार भएको र मानसिक तनाव दिने काम यातायात मजदुरबाट भएको भन्दै कारवाहीको माग राखेर किटानी जाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
तपाईको प्रतिक्रिया