शुक्रबार, आषाढ २१, २०८१
Friday, July 5, 2024
काठमाडौं– मधेसी समूदायले नेपाली सेनामा छुट्टै बटालियनसहित भर्ना पाउने भएपछि अन्य क्षेत्र र समूदायले पनि सहभागिता खोजेको छ ।
कर्णालीका समूदायले आफ्नो क्षेत्रबाट सेनाको माग गरेका छन् भने काठमाडौंका नेवार समूदायले पनि आरक्षण खोजेका छन् ।
देशका पुरानो रैथाने नेवार समुदाय जसलाई नेपाली सेना लगायत धेरै राज्यका उच्च र महत्वपूर्ण अंगमा प्रवेश गर्न रोक लगाइएकाले अब खुल्ला गर्नुपर्ने उनीहरुको तर्क छ ।
उपेक्षित नेवारहरुको बसन्तपुरमा बसेको भेलाले नेपाली सेनामा नेवारहरुको छुट्टै इकाई गठन हुनुपर्ने आवश्यकता औंल्याउँदै सरकारको ध्यान त्यसतर्फ दिन आग्रह गरेको छ ।
सुवर्ण लाल श्रेष्ठको सभापतित्वमा सम्पन्न सो वैठकका सहभागी अधिकांश नेवार समुदायका व्यक्तिहरुले काठमाडौं उपत्यकामा तीन वटै प्राचीन शहरमाथि गोरखाबाट आएका शाह राजाहरुले कब्जा गरी नेवारहरुलाई पाखा लगाउने काम गरेकोमा अबका दिनमा पनि परम्परागत शैलीमा सरकारमा बस्नेहरुले काम गरिरहे विद्रोह गर्न सुझाव दिएका छन् ।
तपाईको प्रतिक्रिया