Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार एक कार्यक्रमको आयोजना गरी नेपालका लागि जापानका राजदुत कुनिओ टाकाहासीसँग अन्तरक्रिया सम्पन्न गरेको छ ।

महासंघ सचिवालयमा आयोजित उक्त कार्यक्रममा महासंघका अध्यक्ष सुरज वैद्य सहित महासंघका पदाधिकारीहरु, नेपाली उद्यमी व्यवसायीहरु, जाइका तथा नेपालस्थित जापान चेम्वर अफ कमर्सका पदाधिकारीहरुको सहभागिता थियो भने नेपाल–जापान आर्थिक सम्बन्ध विस्तारको विद्यमान अवस्था, जापानी लगानी, थप लगानी विस्तार, आर्थिक विकासका लागि नेपालले हाल भोगिरहेका समस्या एवं चुनौतीहरु, नेपालमा लगानीका सम्भाव्य क्षेत्रहरु लगायतका विषयमा विस्तृत छलफल भएको थियो ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले राजदुत टाकाहासीको स्वागत गर्नुहुँदै नेपाल जापानबीचको आर्थिक व्यवसायिक सम्बन्धलाई नेपाली निजी क्षेत्रले नयाँ उचाइमा पुर्‍याउन खोजेको र नेपाली जनताको आर्थिक जीवनस्तर सुधारमा महासंघले अगाडी बढाएको, एक जिल्ला एक उत्पादन कार्यक्रममा जापानी सरकारबाट प्राप्त सहयोग निकै उपलव्धीमूलक भएको बताउनुभयो । अध्यक्ष वैद्यले ओडीओपी कार्यक्रमलाई थप विस्तार गर्ने तर्फ महासंघ लागिपरेको पनि जानकारी गराउनुभयो । नेपाली उद्योग व्यवसायको विकास र स्तरउन्नतीका लागि जापान सरकारबाट जनशक्ति विकासमा प्राप्त सहयोगको सराहना गर्दै अध्यक्ष वैद्यले यसको थप विस्तारमा जोड दिनुभयो ।

अध्यक्ष वैद्यले नेपाललाई लगानीको आकर्षण केन्द्रको रुपमा लैजाने र यसलाई अन्तराष्ट्रिय रुपमा प्रबर्द्धन गर्ने उद्देश्यले महासंघकै पहलमा नेपाल सरकारबाट सन् २०१२–१३ लाई लगानी वर्षको रुपमा मनाउने योजना रहेकाले लगानी वर्षलाई सफल पार्न जापानी विशेषज्ञताको आवश्यकतामा जोड दिनुभयो । साथै उहाँले नेपाल ठूला छिमेकी देश भारत र चीनबीचमा रहेको र नेपालले छिमेकी भारतसँग द्विपक्षीय लगानी प्रबर्द्धन एवं संरक्षण सम्झौता (बिप्पा) र दोहोरो कर मुक्ति सम्झौता समेत गरिसकेको सन्दर्भमा नेपालमा लगानी विस्तारको पहलका लागि आग्रह गर्नुभयो ।

सो अवसरमा राजदुत टाकाहासीले नेपालको आर्थिक विकासमा जापान सरकार सदैव सहयोगी रहेको विश्वास दिलाउँदै बुँदागत रुपमा भन्नुपर्दा नेपालका लागि यतिखेर शान्ति र स्थायित्व तथा भौतिक एवं संस्थागत पूर्वाधार विकास मुख्य प्राथमिकता रहेको बताउनुभयो । राजदुत टाकाहासीले पर्यटन नेपालको महत्वपूर्ण उद्योगको रुपमा रहेकाले पर्यटकलाई संख्यामा मापन गर्नुभन्दा पनि गुणस्तरीय पर्यटकहरु भित्र्याउनेतर्फ समग्र प्रयास हुनुपर्ने सुझाव दिनुभयो । राजदुत टाकाहासीले नेपालले छिमेकी देश भारत त्यसमा पनि उत्तर भारतसँगको बजार प्रबर्द्धनमा विशेष जोड दिनुपर्ने सुझाव दिनुभयो । औद्योगिक क्षेत्रका लागि छुट्टै औद्योगिक पार्कको अवधारणा विकास गरि उक्त क्षेत्रमा २४ सै घण्टा विद्युत आपूर्ति तथा सुरक्षाको भरपर्दो व्यवस्था एवं श्रम समस्या मुक्त क्षेत्रको रुपमा विकास गरि लैजानु पर्ने र यसो भएमा विदेशी कम्पनीहरु नेपालमा लगानीका लागि आकर्षण हुने धारणा राख्नुभयो ।

महासघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले महासंघले जापानी राजदुतावाससँग निरन्तर सम्पर्कमा रहेर दुई देशबीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तारमा कार्य गर्दै जाने विश्वास दिलाउनु भयो ।

तपाईको प्रतिक्रिया