Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
झापा- नेकपा एमालेका नेता केपी ओलीले प्रधानमन्त्री डा बाबुराम भट्टराई पढेलेखेका मान्छे भए पनि बानी व्यहोरा त्यस्तो नभएको आरोप लगाउनुभएको छ ।
प्रेस चौतारी झापाले सोमबार दमकमा आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले नेता ओलीले प्रधानमन्त्री भट्टराईको स्वभाव अर्काले उल्क्याएका भरमा केटाकेटीको लबजमा फुर्किनेजस्तो देखिएको बताउनुभयो ।
ओलीले अहिलेको सरकार प्रचारमुखी र प्रोपोगाण्डका लागि मात्र माहिर भएको आरोप लगाउनु भएको छ । ओलीले संबिधान बनाउन सरकारले चासो नदेखाएका कारण संबिधान बनाउने कामले गति नलिएको टिप्प्णी गर्नुभयो ।
ओलीले धेरै ब्याख्या नगरी संबिधानसभाको संख्यात्मक अंक गणितले एमालेलाई सरकार बनाउन साथ दिने दाबी गर्नुभयो ।
तपाईको प्रतिक्रिया