Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

टोकियो – जापानमा ६० बर्ष पुगेपछि अवकाश लिइ पेन्सनमा बस्न पाउने हालसम्मको ब्यवस्थामा परिवर्तन गरी उमेरको हदलाई ६५ बर्ष पुर्‍याउने बारेमा जापान सरकार र यहाँका ब्यवसायिक समूहहरुबीच छलफल भईरहेको बुझिएको छ ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले ६० बर्ष नाघिसकेकाहरुले अझै लामो समय काम गर्न चाहेमा उनीहरुलाई अवकास नदिने ब्यवस्था गर्न कम्पनीहरुलाई अनुरोध गरेको छ । जापानका ब्यवसायीहरुको संगठन फेडेरेशन अफ इकोनोमिक अर्गनाइजेसन (केइदानरेन) का अध्यक्ष हिरोसिमा योनेकुराले पनि उमेर बढ्दै जाँदा स्वास्थ्यमा आउने समस्याहरुलाई मध्यनजर गर्दै उक्त ब्यवस्थालाई बाध्यात्मक नबनाइ स्वेच्छिक बनाउनु पर्नेमा जोड दिएका छन् । उनले काम गर्ने ब्यक्ति तथा काम लगाउने कम्पनी अनुसार उक्त ब्यवस्थालाई लागु गराउनु पर्ने सुझाब दिएका छन् । साथै अध्यक्ष योनेकुराले पुराना कर्मचारीहरुले काम नछोड्दा कामको खोजिमा रहेका युबायुबतीहरुले काम नपाउने र बेरोजगारी बढ्ने समस्या झन् थपिँदै जाने जस्ता नकारात्मक असर पनि पर्ने विचार ब्यक्त गरेका छन् ।

यसैगरी जापानिज ट्रेड युनियन कन्फेडेरेसन (रेङगो) का अध्यक्ष नोबुआकी कोगाले पनि ६५ बर्षसम्म काम गर्न चाहनेहरुको लागि सो को लागि पनि खुल्ला राख्नु पर्ने विचार ब्यक्त गरेका छन् । श्रम मन्त्रालयका अनुसार उक्त बिधेयक संसोधनका लागि अर्को बर्ष संसदमा पेश गरिने बताएका छन् ।

तपाईको प्रतिक्रिया