Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– जिट्कोसँग सम्झौता गरेर जापानमा नेपाली कामदार पठाउने विषयलाई लिएर नेपाल उद्योग वाणिज्य महासंघमा भाँडभैलो भएको छ ।
महासंघका सदस्य नन्दकिशोर श्रेष्ठले विगत र वर्तमान नेतृत्वमाथि आक्षेप लाग्नेगरी प्रश्न उठाएपछि यसले नयाँ मोड लिएको छ । एक सदस्यका अनुसार उनले महासंघका पदाधिकारीले ३ लाख रुपैयाँसम्म लिएर कामदार पठाउने गरेको आरोप लगाएका थिए ।
यसपटक गत मंसिर १२ र १३ गते भएको लिखित र अन्तर्वार्तामा ३६ जना सहभागी भएका थिए । ती कामदारबाट पैसा असुली गरेको विषयमा विवाद भएको हो ।
यसैबीच महासंघले बरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । समितिमा डीबी बस्नेत र सकुन्तलाल हिराचन सदस्य छन् ।
तपाईको प्रतिक्रिया