Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
टोकियो (जापान)– जापानका विदेशमन्त्री कोइचिरो गेम्बाले म्यानमारलाई सुधार प्रक्रियालाई अझै अगाडि बढाउन आग्रह गर्नुभएको छ र यसबीच दुई मुलुक द्विपक्षीय लगानीका लागि वार्ता गर्न सहमत भएका छन् ।
गेम्बा सन् २००२ पछि म्यानमारको भ्रमण गर्ने पहिलो जापानी विदेशमन्त्री हुुनुभएको छ । उहाँले राष्ट्रपति थिन सेन र समकक्षी वुना माउङ ल्विनसँग म्यानमारमा भेट गर्नुभएको जानकारी क्योडो समाचार संस्थाले दिएको छ ।
बैठकमा जापानी विदेशमन्त्री गेम्बाले म्यानमारलाई प्रजातान्त्रिक मुलुकमा सङ्क्रमण तथा ग्रामीण क्षेत्रमा गरिबी निवारणमा सहयोग गर्न जापान तयार रहेको बताउनुभयो भनी क्योडोले उल्लेख गरेको छ ।
उहाँहरूबीच राजधानीमा वार्ता हुनुअगाडि यस भ्रमणले जापान तथा म्यान्मारबीचको सम्बन्धलाई नयाँ बिन्दु दिने बताउनुभयो भनी क्योडोले जनाएको छ ।
म्यानमारमा भएका सुधारमा हालसम्म न्यून रूपको नागरिक सरकार, राजनीतिक बन्दीको रिहाइ तथा आमसञ्चार तथा व्यापारमा लागेको प्रतिबन्ध फुकवा रहेका छन् । जापानी विदेशमन्त्री गेम्बोले थप सुधारका लागि आग्रह गर्नुभयो ।
म्यानमारका विदेशमन्त्रीले थप केही बन्दी रिहा हुने जानकारी दिनुभयो ।
जापानी विदेशमन्त्री गेम्बाले जापान तथा म्यानमारबीच लगानी सन्धि हुनुपर्ने र यसले जापानी कम्पनीलाई व्यापार गर्न सजिलो हुने बताउनुभयो भनी क्योडोले उल्लेख गरेको छ ।
जापानी विदेशमन्त्री गेम्बाले म्यानमारका प्रजातन्त्रवादी नेता आङ सान सु कीसँग उहाँको याङ्गुनस्थित निवासमा भेट गर्नुहुने बताइएको छ । उहाँले सु कीलाई निकट भविष्यमा जापानको भ्रमण गर्न निमन्त्रणा दिनुहुने पनि बताइएको छ ।
तपाईको प्रतिक्रिया