Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
कपिलवस्तु– कृष्णनगरमा निर्मित हनुमानको मूर्ति नेपालकै ठूलो भएको दाबी गरिएको छ ।
निर्माणकर्ता नारदास बाबाले उक्त मूर्ति नेपालकै ठूलो हनुमानको मूर्ति भएको दाबी गर्नुभएको छ ।
कृष्णनगर गाविस– ७ शिव टोलमा बनाइएको सो मूर्ति ३९ फिट अग्लो र १८ फिट चौडा छ । गेरु रङ्को सो मूर्तिको छातीमा राम र सीताको मूर्तिसमेत बनाइएको छ ।
बाबा नारदासले नेपाल र भारतका विभिन्न गाउँमा डुलेर आफूले मूर्तिका लागि चन्दा सङ्कलन गरेको जानकारी दिनुभयो । मूर्ति बनाउन रु ८ लाख बढी खर्च भइसकेको मूर्ति निर्माण समितिले जनाएको छ ।
स्थानीय कालीगढ तथा भारतका मुङ्गेरीलालले सो मूर्ति बनाएका हुन् । आठ वर्षअघि तीर्थाटनका लागि भारतको श्रीनगर गएका बेला त्यहाँ ठूलो हनुमानको मूर्ति देखेपछि आफूले त्यस्तै ठूलो मूर्ति बनाउने सङ्कल्प लिए अनुसार हाल सो मूर्ति स्थापना भएको बाबाले बताउनुभयो ।
भक्तजनलाई सजिलोका लागि भीमकाय मूर्तिमुनि हनुमानको अर्को सानो मूर्तिसमेत बनाइएको छ । हनुमान शक्तिशाली, निडर र विश्वासिलो भएकाले उनबाट प्रेरणा लिनुपर्ने बाबा शेषमनको भनाइ छ ।
तपाईको प्रतिक्रिया