Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
खोटाङ– कब्जा जग्गाको विषयलाई लिएर खोटाङमा एकीकृत नेकपा (माओवादी) र नेकपा (एमाले)बीच विवाद बढेको छ ।
एमालेले आफ्नो जिल्ला कमिटीको नाममा रहेको ८ आना  स्थानीय माओवादी कार्यकर्ताले कब्जामा लिएर घर बनाएको तथा एमाओवादीले आफूलाई झुट्टा आरोप लगाएको भन्ने विषयमा दुई पार्टीबीच विवाद बढेको हो ।
नेकपा (एमाले)ले आफ्नो पार्टीको जग्गामा बनाइएको घर भत्काउने चेतावनी दिएका छन् भने एमाओवादीले घर भत्काउन जानेको ‘टाउको काट्ने’ धम्की दिन थालेका छन् ।
माओवादी र एमालेका नेताहरुबीच सार्वजनिक स्थलमै हुने गरेको दोहोरो धम्कीले दुई पार्टीबीच अप्रिय घटना हुनसक्ने अन्य दलका नेताहरुले बताएका छन् ।
कुभिण्डे–४ को कित्ता नम्बर २२८ मा रहेको आफ्नो पार्टीको जग्गामा माओवादीका कार्यकर्ता सञ्जीव राईले घर बनाएको एमालेको आरोप छ ।
एमालेका उपाध्यक्ष बबी चामलिङले आफ्नो पार्टीको जग्गामा बनाइएको घर भत्काइछाड्ने चेतावनी दिनुभएको छ ।
तपाईको प्रतिक्रिया