Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौ- संबैधानिक समितिमा सभापति निलाम्बर आचार्यले विवाद समाधान उपसमितिमा नयाँ संविधान लेखनका क्रममा देखिएका विवादमा सहमति नजुटे जेठ १४ गते नयाँ संविधान जारी हुन नसक्ने ठोकुवा गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा सभापति आचार्यले संविधानसभा पनि दलगत निर्णयको आधारमा चल्ने भएकोले अहिले नै सहमति जुटन नसके संविधान बन्न नसक्ने तर्क गरेका हुन ।
साक्षात्कारमा उनले अहिलेनै सहमति गर्नु पर्ने विषयमा नेताहरुको एक सोच बन्न नसके संविधान बन्नै नसक्ने बताए। उनले भने-अहिले सहमति जुटाउने विषयमा नेताहरुको एक सोच बन्नुपर्छ । नभए संविधान बन्दैन ।
माओवादीभित्रको अन्र्तविरोधले संविधान निर्माणमा प्रकृया प्रभावित भएको उल्लेख गर्दै ठूलो पार्टीको अन्र्तद्धन्द्ध र पार्टी विचको विवाद कायम रहे संविधान निर्माणको कार्यतालिका प्रभावित हुने दावी गरे ।  उनले  भने-माओवादीभित्र शान्ति र संविधानमै अन्र्तविरोध रहेकोले असर परेको छ । अन्तद्धन्द्ध दुई चार दिनमै समाधान हुनु पर्छ । नभए कार्यतालिका प्रभावित हुन्छ । सहमति गर्नेले नै विरोध गरेपछि प्रक्रिया अगाडि बढ्न त सक्दै सक्दैन । उनले थपे-उपसमितिमा आफै बसेर निर्णय गर्ने अनि संबैधानिक समितिमा आएर उल्टाउने अनि कसरी संविधान बन्छ ?
सभापति आचार्यले उपसमितिले साना तिना विवाद मात्रै समाधान गरेको शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणाली र राज्यका अंगको क्षेत्राधिकार जस्ता महत्वपूर्ण विवाद कायममै रहेकोले दलहरुलाई त्यसतर्फ लाग्न सुझाव दिए । उनले शासन प्रणालीका विषयमा अहिलेसम्म टुङगो नलाग्नु नै संविधान निर्माणको अवरोध भएको बताए । मिश्रीत शासन प्रणालीमा धेरै छलफल भईसकेकोले त्यसमा सहमति बन्ने उनको विश्वास थियो ।
शान्ति प्रक्रिया निष्कर्समा पुर्याएर संविधान निर्माण गर्न प्रमुख पार्टीका शिर्ष नेताहरु सम्मिलित राष्ट्रिय सरकार गठन गर्नु पर्ने आवश्यकता औल्याउँदै नेपाली जनतामा गुमेको विश्वास कायम गर्न प्रमुख दलका तीन-तीन जना शिर्ष नेताहरु भएको सहमतिको सरकार बनाउनु पर्ने सुझाव दिए ।
तपाईको प्रतिक्रिया