Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– प्रधानमन्त्री डा. बाबुराम भटराइले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन र अतिक्रमण नियन्त्रणबारे चासो देखाउनुभएको छ । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन तथा सार्वजनिक जग्गा अतिक्रमण नियन्त्रणको विषयमा सम्बन्धित निकायका प्रमुखहरुसँग सोमबार भएको छलफलमा प्रधानमन्त्रीले भत्काइएका सडकको मर्मत, फुटपाथ नियन्त्रण, सुकुम्बासीवस्ती व्यवस्थापन लगायतका विषयमा अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिनुभएको छ ।
सरोकारवाला मन्त्रालय तथा कार्यालयका प्रतिनिधहरु सम्मिलित कार्यदलले सडक तथा सुकुम्बासी बस्ती व्यवस्थापनका विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्नेछ । प्रधानमन्त्रीको निर्देशन बमोजिम कार्यदल निर्माण तथा ट्राफिक व्यवस्थापन लगायतका विषयमा अहिले ट्राफिक महाशाखामा ट्राफिक प्रहरी, सडक विभाग तथा नगर विकाश योजना कार्यान्वयन समितिका प्रमुखबीच छलफल भैरहेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा छलफलमा सडक विभाग, ट्राफिक प्रहरी, काठमाडौं महानगरपालिका तथा सहरी विकाश समिति लगायतका निकायका प्रमुखहरुको सहभागिता थियो ।
तपाईको प्रतिक्रिया