Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले  समाजवाद र बीपीलाई बिर्सेको दिन कांग्रेस समाप्त हुने बताउनु भएको छ । नेपाल ट्रेड युनियन कांग्रेस (स्वतन्त्र) को पहिलो राष्ट्रिय सम्मेलनको सोमबार काठमाडौमा उद्घाटन गर्दै कोइरालाले कांग्रेसको मूल नीति राष्ट्रियता, प्रजातन्त्र र समाजवाद बिर्सेको दिन कांग्रेस सकिने बताउनुभयो ।
सभापति कोइरालाले विगतमा भएका सहमति कार्यान्वयनमा लाग्न सबै दललाई आग्रह समेत गर्नु भयो । ‘सहमति कार्यान्वयन गर्न इमान्दार छु भनेर मात्रै हुँदैन’, कोइरालाले भन्नुभयो, ‘कार्यान्वयनमा इमान्दारिता पनि देखाउनु पर्छ ।’ सबै दलले इमान्दारिताका साथ सहमति कार्यान्वयन नगरे शान्ति र संविधान निष्कर्षमा पुर्‍याउन नसकिने कोइरालाको भनाई थियो ।
कोइरालाले पार्टी भित्र कुनै पनि विवाद नरहेको दावी समेत गर्नु भएको छ । ‘प्रजातन्त्रमा विश्वास गर्ने पार्टी भित्र विवाद भए समाधानका लागि सहमति खोजिन्छ’, कोइरालाले भन्नुभयो, ‘सहमति नभए प्रजातन्त्रले विकल्प दिएको छ ।’ कोइरालाले प्रजातान्त्रिक प्रक्रियाबाट टुङ्गिएका विवाद नमान्ने र विवाद कायम छ भनेर हिँड्नु अप्रजातान्त्रिक भएको बताउनुभयो ।
पार्टीलाई सहमतिय प्रक्रियाबाट अघि बढाउन डेढ बर्षसम्म प्रयास गरेको भन्दै कोइरालाले आफू कहिल्यै तानाशाह नभएको बताउनुभयो ।
तपाईको प्रतिक्रिया