Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – टोकियोमा आज आयोजित एक समारोहकाबीच जापानका लागि नवनियुक्त राजदूत डा. मदनकुमार भट्टराईलाई जापानबासी नेपालीहरुले न्यानो स्वागत तथा सम्मान ब्यक्त गर्नुकासाथै भावनात्मक अन्तरंग गरे ।

राजदूत डा. भट्टराईको स्वागत तथा सम्मानमा जापानबासी नेपालीहरुले उक्त समारोहको आयोजना गरेका हुन् ।

जापानबासी नेपालीहरुको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै राजदूत डा. भट्टराईले जापानमा रहेका नेपालीहरुको समस्यामा दूतावासको सँधै साथ र सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो- “दूतावास यहाँहरुको आफ्नै साझा घर हो, यहाँका नेपालीहरुका लागि दूतावासको ढोका सँधै खुल्ला रहने छ । तपाईहरुकै सहयोग सल्लाह र सहकार्यमा आगामी चार बर्षको कार्यकाललाई उपलब्धिमूलक बनाउने मेरो प्रयास रहने छ ।’

“जापानमा यति धेरै संघसंस्थाहरुले आज यसरी एकैठाउँमा संयुक्त कार्यक्रमको आयोजना गरी जुन आत्मीयता र नेपाली एकताको प्रदर्शन गर्नुभएको छ यस अर्थमा म अत्यन्त प्रभावित भएको छु्’ – राजदूत डा. भट्टराईले अगाडि भन्नुभयो – “आजको यस कार्यक्रमबाट मैले धेरै कुराहरु जान्ने र बुझ्ने अवसर पाएको छु । यहाँहरुबाट प्राप्त सुझाव र सल्लाहलाई संभवभएसम्म कार्यान्वयनमा उतार्ने मेरो प्रयास हुने छ, जुन कार्यका लागि यहाँहरुको सहयोग र समर्थन प्राप्त हुने बिश्वास छ ।”

यसैगरी बिशेष अतिथिको आसनबाट बोल्दै गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदका कोषाध्यक्ष भवन भट्टले एनआरएन अभियानमा बिगतमा पनि जापानबाट अग्रपंक्तिमा रहेर उल्लेखनिय कामहरु भईरहेको र अबको कार्यकालमा आर्थिक समृद्धि सम्बन्धि कार्यक्रम एनआरएनको प्रमुख एजेण्डा रहने बिचार ब्यक्त गर्नुभयो । यसैगरी अर्का बिशेष अतिथि एशिया प्यासिफिकका उपसंयोजक किरणविक्रम थापाले स्पष्ट खाकासहित अभियानलाई अगाडि बढाउने खालका कार्यक्रमहरु तय गरिनुपर्नेमा जोड दिदै यसको पहलकदमी जापानबाटै गरिने धारणा ब्यक्त गर्नुभयो ।

कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुले जापानबासी नेपालीहरुका विविध पक्षका बारेमा फरक फरक बिषयमा जानकारीमूलक धारणा ब्यक्त गर्दै दूतावासको ध्यानकर्षण गराएका थिए ।

जसअनुसार जापानमा नेपाली भाषा, साहित्य, कला र सँस्कृतिको बिकासक्रमका सम्बन्धमा अनेसास जापानका अध्यक्ष प्रकाश पौडेल माइला, नेपाली प्रशिक्षार्थी कामदारहरुको स्थिति र संभावनाका बारेमा नेपाल आदिबासी जनजाती महासंघ जापानका कावा अध्यक्ष, हवलचन्द्र लामा, नेपालको वातावरणीय समस्या समाधानमा बिदेशमा बस्ने नेपालीहरुको भूमिका सम्बन्धमा नेपाल जापान मैत्रि तथा साँस्कृतिक संघका महासचिव सुन्दर पौडेल, जापानमा नेपाली महिलाहरुको अवस्था, महिलाहरुको संस्थागत बिकासक्रम र सामाजिक दायित्वका बिषयमा नारी कुञ्ज जापानका अध्यक्ष छक्कु उदासी, जापानमा नेपाली ब्यवसायीहरुको वर्तमान अवस्थाका बारेमा नेपाली ब्यवसायी संगठनका महासचिव चिरिञ्जीवी थापा, आप्रवासी नेपाली कामदारहरुको अवस्थाका बारेमा नेपाली लोकतान्त्रिक मञ्च जापानकी अध्यक्ष सिर्जना काफ्ले, जापानमा नेपालीहरुको ब्यवसायिक स्थिति, चुनौती र संभावनाका बारेमा नेपाली जनसम्पर्क समिति जापानका कावा अध्यक्ष पासाङ शेर्पा, सामाजिक तथा राजनैतिक चेतनाको बिकासमा जापानका संघसंस्थाहरुको भूमिका बिषयमा नेपाली जनप्रगतिशील मोर्चा जापानका अध्यक्ष बेलु थापा, यहाँको नेपाली समुदायले दूतावाससंग गरेको अपेक्षा, तथा ध्यानाकर्षण सम्बन्धमा गुल्मेली समाजका पनि अध्यक्ष रहनुभएका अन्तरराष्ट्रिय नेपाली समाज जापानका अध्यक्ष शालिकराम भण्डारीले बोल्नुभएको थियो ।

यसैगरी एनआरएन जापानको गतिबिधि, भावी कार्यक्रम र दूतावाससंगको सहकार्यमा नेपाली समुदायको भूमिकाका सम्बन्धमा एनआरएन जापानका महासचिव डा. राजेन्द्र पराजुली र जापानमा रहेका नेपालीहरुको तथ्याङ्कगत जानकारी एवं नेपाली मिडियाको अवस्थाका बारेमा नेपाल समाचार तथा समुद्रपारि  डट कमका प्रवन्ध निर्देशक डा. भूपालमान श्रेष्ठले पावरप्वाईन्टमार्फ आ-आफ्ना प्रस्तुतीहरु राख्नुभएको थियो भने नेपाल जापान डट कमका प्रधानसम्पादक शरद शेरचनले जापानका नेपाली मिडियाहरुको बारेमा प्रकाश पार्नुभएको थियो ।

यसैगरी समारोहमा तमू धीं जापानका उपाध्यक्ष हर्क गुरुङ, नेपाली समाज संगठनका प्रतिनिधि (पूर्वअध्यक्ष) भूपिगोविन्द श्रेष्ठ, माया नेपाली संगीत संस्थाकी ताजीमा, म्याग्देली सञ्जाल जापानका अध्यक्ष महेन्द्र खड्का, नेपाली बिद्यार्थी समाज जापान (नेसाज) का प्रतिनिधि पुष्करजंग थापा, वी फर अल (We For All) का उपसंयोजक दीपकबाबु नेपाललगायतका बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुले आ-आफ्नो संस्थाको संस्थागत परिचय दिनुभएको थियो ।

मूल आयोजक संस्था एनआरएन जापानका अध्यक्ष ओम गुरुङको सभापतित्वमा भएको सो समारोहमा प्रबक्ता शरदकुमार गौचनको स्वागत मन्तब्य रहेको थियो । तत्पश्चात प्रवासी नेपाली पत्रकार सञ्जालका अध्यक्ष भूषण घिमिरेले जापानबासी नेपालीहरु र राजदूतावासबीचको सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउन खेल्नुपर्ने भूमिकाका बिषयमा प्रकाश पार्दै संयुक्त कार्यक्रमको अवधारणा, औचित्य र सान्दर्भिकताबारे स्पष्ट पार्नुभएको थियो ।

कार्यक्रमको प्रारम्भमा राजदूत डा. भट्टराईलाई सम्पूर्ण संघसंस्थाका प्रतिनिधिहरुले खादा तथा फूलको गुच्छाले स्वागत गर्नुकासाथै कार्यकाल सफलताको कामना गरेका थिए । जापानमा रहेका सम्पर्ण संघसंस्थाहरुको संयुक्त आयोजनामा भएको सो कार्यक्रमको जापानमा नेपाली लिक्वेयर सप्लायर्स कम्पनी साङग्रीला कर्पोरेशनले प्रायोजन गरेको थियो भने नेपाल पत्रकार महासंघ जापानको संयोजन रहेको थियो ।

कार्यक्रमको अन्तमा, समारोहका सभापति ओम गुरुङले कार्यक्रम सफल पार्नका लागि बिभिन्न ढंगले सहयोग पुर्‍याउने सबैप्रति हार्दिक धन्यबाद ज्ञापन गर्दै जापानमा यसप्रकारका सामुहिक कार्यक्रमहरुमार्फत नेपाली एकतालाई थप बलियो बनाउन एनआरएन जापानको अग्रसरता कायमै रहने बिचार ब्यक्त गर्नुभयो । उहाँले आगामी दिनहरुमा दूतावाससंग सहकार्य गर्दै एनआरएनका गतिबिधिहरुलाई थप तिब्र पारिने धारणा राख्दै समारोहको समापन गर्नुभयो । कार्यक्रममा राजदूतपत्नी अम्बिका भट्टराई, दूतावासका उपनियोग प्रमुख तापस अधिकारी र अनिल लम्साललगायतका कूटनीतिज्ञहरुको पनि उपस्थिति रहेको थियो ।

जापानको नेपाली कार्यक्रमको इतिहासमा सबैभन्दा धेरै संघसंस्थाहरुको संयुक्त आयोजना र सबैभन्दा धेरै वक्ताहरु रहेको करिव साढे ४ घण्टा लामो कार्यक्रमको पत्रकार तिलक मल्लले सञ्चालन गरेका थिए ।

कार्यक्रममा संस्थागत परिचयसहित संक्षिप्त बिचार राख्नका लागि उपस्थित भएका सबै संघसंस्थाहरुलाई अवसर दिईएको थियो । औपचारिक कार्यक्रम सकिएपछि रात्रीभोजकासाथमा राजदूत डा. भट्टराईसंग नेपालीहरुले अनौपचारिक अन्तरक्रिया गरेका थिए । ***

हेर्नुहोस् स्वागत कार्यक्रमको फोटो फिचर

 

तपाईको प्रतिक्रिया