Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
धरान –  नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले लोकतन्त्रलाई व्यवस्थित गर्दै लैजानु अहिले मुख्य चुनौति भएको बताउनुभएको छ ।

नेकपा एमालेको कोशी अञ्चलस्तरीय अगुवा कार्यकर्ता भेलाको धरानमा आइतबार उदघाटन गर्दै अध्यक्ष खनालले मुलुकमा अहिलेको लोकतन्त्र पहिलेको भन्दा फरक र समावेशी भएकाले यसलाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘बावुराम भट्टरार्इको जुन रङ्ग थियो त्यो खुइली सकेको छ ।  नागरिकले बावुरामबाट जे अपेक्षा राखेका थिए त्यो अव पुरा हुन सक्दैन ।’
एमालेभित्रको गुट उपगुट र असहमति सकिएको खनालले दावी गर्नुभयो । अध्यक्ष खनालले पार्टीभित्र कुनै पनि सैद्धान्तिक असहमति नरहेको दावी गर्नुभयो । उहाँले अव आउने चुनावमा एमाले मुलुकै ठूला दल हुने ठोकुवा गर्नुभयो ।
कार्यक्रममा उपाध्यक्षहरु बामदेव गौतम, बिद्या भण्डारी महासचिव र्इश्वर पोखरेल लगायतका नेताहरु सहभागि भए पनि उहाँहरुले भेलालाई सम्बोधन गर्नुभएन । सोमवारसम्म चल्ने भेलामा कोशी अञ्चलका चार सय अगुवा कार्यकर्ता सहभागी छन् ।
तपाईको प्रतिक्रिया