Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौँ- जनवादी गणतन्त्र चीनका सार्वजनिक सुरक्षामन्त्री मेङ्ग जियान्चुको निमन्त्रणामा उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदार आज चीन गएका छन्।
बेइजिङमा रहँदा गृहमन्त्री गच्छदारले मन्त्री जियान्चुसँग आपसी हितका बारेमा भेटवार्ता गर्नेछन्।
यही पुस १५ गतेसम्म हुने भ्रमण टोलीमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्रकुमार श्रेष्ठ, नेपाली सेनाका उपरथी नरबहादुर कँडेल, प्रहरी अतिरिक्त महानिरीक्षक भीष्म प्रसाईं तथा गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकृतहरु रहेको गृह मन्त्रालयले जनाएको छ।
तपाईको प्रतिक्रिया