सोमबार, फाल्गुण १४, २०८०
Monday, February 26, 2024
काठमाडौं– राष्ट्रपतिका  प्रेस  सल्लाहकार राजेन्द्र दाहाललाई हर्ट अट्याक (ह्रृदयघात) भएपछि उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।
शनिबार साँझ खाना खाएर सुतिरहेको अवस्थामा राति ११ बजे अकस्मात ह्रृदयघात भएपछि उहाँलाई नर्भिक अस्पताल पुर्‍याएर उपचार थालिएको थियो । दाहालको शनिबार राति नै एन्जियोप्लाष्ट गरिएको र उहाँको स्वास्थ्यमा सुधार आइसकेको उपचारमा सम्लग्न डा भरत रावतले जानकारी दिनुभयो ।
अहिले उहाँलाई सघन उपचार कक्षमा राखेर उपचार गरिरहेको र आवश्यक स्वास्थ्य परीक्षणपछि आजै डिस्चार्ज गरिने पनि डा रावतले बताउनुभयो । उहाँलाई डिस्चार्जपछि कम्तीमा पनि तीन महिना घरमै बसेर आराम गर्न सुझाव दिइएको छ ।

तपाईको प्रतिक्रिया