Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं – पुर्वधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले माओवादीका कारण शान्ति र संविधान निर्माणको काममा अवरोध पुगेको बताउनुभएको छ ।
पार्टीको सम्पर्क विशेष समन्वय कमिटिले शनिबार बिहान पार्टी कार्यालय बल्खुमा गरेको प्रशिक्षण कार्यक्रममा नेपालले शान्ति र संविधान निर्माणमा माओवादी जिम्मेवार नभएको आरोप लगाउनुभयो ।
पार्टी भित्रको आन्तरिक द्वन्द्व व्यवस्थापन गरे मात्र संविधान निर्माणले पूर्णता पाउने भन्दै नेता नेपालले माओवादीलाई एमालेबाट सिक्न आग्रह गर्नुभयो । ‘माओवादीले पार्टी भित्रको बिबाद मिलाउन सके मात्र संविधान निर्माणको काम अघि बढ्छ’, नेपालले भन्नुभयो, ‘पार्टी कसरी मिलाउने माओवादीले एमालेबाट सिक्नु पर्छ ।’
तपाईको प्रतिक्रिया