Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- माओवादीले तीव्र अन्तरसङ्घर्ष हल गर्न शनिबार पनि केन्द्रीय समिति बैठक बोलाएको छ । तर बैठकबारे अझै अन्यौलता छ ।
यसअघि लगातार ११ पटक बैठक स्थगित गरिएको थियो । यसपटक भने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकका एजेन्डा तयार गरिसकेकाले नसर्ने सम्भावना छ ।
उपाध्यक्ष मोहन वैद्य पक्षको चर्को विरोध थेग्न नसक्ने विश्लेषणका आधारमा संस्थापन पक्षले बैठक स्थगित गर्दै आएको छ । अध्यक्ष दाहालले सेना समायोजन प्रक्रियाले सुनिश्चित दिशा ग्रहण नगरेसम्म कुनै न कुनै बहानामा बैठक आयोजना नगर्ने मनस्थिति बनाउँदै आएका थिए ।
लडाकु समायोजन र भारतसँग गरिएको बिप्पा सम्झौताका विरुद्ध सडकमै ओर्लिएको उपाध्यक्ष मोहन वैद्य पक्षलाई संस्थागत छलफल नगरी ‘गलाउने’ रणनीति दाहालको छ । गत कात्तिक २८ गतेदेखि बैठक पटक-पटक स्थगित हुँदै आएको छ । ‘दसौँपटक भइसक्यो होला, बैठक स्थगित भएको’- वैद्य पक्षधर एक नेताले भने- ‘कहिले अध्यक्ष र कहिले प्रधानमन्त्रीको विदेश भ्रमणको बहाना बनाएर बैठक सरेको सर्‍यै छ ।’ उनले अहिलेसम्म बैठकबारे कुनै खबर नआएको बताए ।
पार्टीभित्र चुलिएको अन्तरसङ्घर्षलाई अन्यत्रै मोड्न बैठक स्थगित गरिएको वैद्य पक्षधरहरूको दाबी छ ।
तपाईको प्रतिक्रिया