Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- दैनिक कुनै न कुनै आपराधिक गतिविधिबाट मुलुकको राजधानी त्रसिद भएको छ ।
दुई साताअघि ललितपुरमा लुटेरा समूहले एक सुनचाँदी पसलका कामदारको हत्या गरेलगत्तै शुक्रबार राति अर्का सुनचाँदी व्यवसायीको हत्या भएको छ ।
राजधानीको कपनमा लुटेरा समूहको गोली प्रहारबाट घाइते एक सुनचाँदी व्यवसायी हर्कबहादुर दियाले (नेपाली)को मृत्यु भएको हो । कपनको मिलनचौकस्थित माता मनकामना सुनचाँदी पसल बन्द गर्नेक्रममा लुटेरा समूहले गोली चलाउँदा घाइते नेपालीको उपचारकोक्रममा मृत्यु भएको हो ।
साँझ पौने ७ बजेतिर पसल बन्द गर्नेक्रममा पसलभित्रै रहेका लुटेराले गोली हानेका थिए । हर्कबहादुरको उपचारकोक्रममा चाबहिलस्थित ओम अस्पतालमा मृत्यु भएको हो । अर्का घाइते रोशन विकको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।
काठमाडौं प्रहरी प्रमुख राजेन्द्र श्रेष्ठले राजधानीमा बढेको आपराधिक गतिविधिमा संगठित गिरोह नै सक्रिय रहेको बताए । उनले अपराधीलाई कुनै हालतमा उम्कन नदिने बताए ।
तपाईको प्रतिक्रिया