Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025
काठमाडौं – उर्जा मन्त्री पोष्टबहादुर बोगटी ‘दिवाकर’ले अहिलेकै अवस्था रहिरहे लोडसेडिङ अर्को वर्ष दैनिक २१ घन्टा पुग्ने बताउनु भएको छ । सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकमा बोगटीले अल्पकालिन र दीर्घकालिन उपाय नअपनाए अर्को वर्ष लोडसेडिङ २१ घन्टासम्म पुग्ने बताउनु भयो ।
‘राजनीतिक सहमति गरेर निश्चित योजना नबनाएसम्म लोडसेडिङ घट्ने सम्भावना छैन’, मन्त्री बोगटीले भन्नुभयो, ‘अर्को वर्षदेखि बत्ति कतिखेर जान्छ भन्दा बत्ति कतिखेर आउँछ भनेर तालिका बनाउनु पर्छ ।’ लोडसेडिङ कम गर्न भारतसँग दुई सय मेघावाट बिजुली लिने सैद्धान्तिक सहमति भएको भएपनि प्राविधिक समस्या रहेको बोगटीको भनाई छ ।
लोडसेडिङ कम गरेर ६ सात घन्टामा झार्नका लागि थर्मल प्लान्ट मर्मत गर्नुपर्ने र डिजेल प्लान्ट पनि सञ्चालन आवश्यक रहेको मन्त्री बोगटीको भनाई छ  । दीर्घकालिन रुपमा ठूला जलाशययुक्त आयोजना अघि बढाउनु पर्ने भएकाले पश्चिम सेती परियोजना अघि बढाउन अर्थ मन्त्रालयलाई पत्राचार गरिसकिएको मन्त्री बोगटीले जानकारी दिनुभयो ।
बैठकमा उर्जा सचिव बालानन्द शर्मा पौडेलले यो वर्ष एक सय मेघावाट बिजुली भारतबाट ल्याउन सकिने भएपनि त्यसका लागि राजनीतिक सहमति आवश्यक रहेको बताउनुभएका थियो ।
अहिले १ हजार ५० मेघावाट बिजुली आवश्यक रहेकोमा सात सय चार मेघावाट कुल जडित क्षमता र एक सय ३० मेघावाट भारतबाट ल्याएको छ ।  नेपालमा हरेक वर्ष दश प्रतिशतले विद्युतको माग बढिरहेको उर्जा मन्त्रालयको तथ्यांक छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया