मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024
चितवन- माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र रहेका विवाद महाधिवेशनमा लगेर टुङ्ग्याइने बताएका छन् ।
दाहालले शुक्रबार बिहान आफू निकट चितवनका जिल्लास्तरका कार्यकर्तालाई  पार्टी नफुट्ने हुँदा ढुक्कसँग सङ्गठित भएर लाग्न निर्देशन दिए । नेपाल जेसिसको ३८ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्न  दाहाल चितवन आएका हुन् ।
शनिबारदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा शान्ति र संविधानका विषय टुङ्गोमा पुग्ने गरी आफूले दस्तावेज पेस गर्ने र सो विषयमा खुलेर छलफलमा भाग लिने उनले बताए ।
बैठकमा सहभागी एक सदस्यका अनुसार केन्द्रीय कमिटीको बैठकले नटुङ्ग्याएका विषयलाई महाअधिवेशनले टुङ्ग्याउने उनको भनाइ थियो ।
पाटीलाई एक ढिक्का बनाएर लैजान आफू लागिपरेको बताउँदै उनले भने–‘विचारका हिसाबले एकजुट हुने वातावरण हुन्छ तपाइँहरु ढुक्क हुनुहोस । ’– अध्यक्षको भनाइ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले बताए ।
उनले सेना समायोजन सम्मानजनक ढङ्गबाट टुङ्गिनेमा विश्वस्त रहन र बाहिरी हल्लाको पछाडि नलाग्न निर्देशन दिए  ।
वर्तमान सरकारले शान्ति र संविधान टुङ्गोमा पुर्‍याएर छाड्ने दृढता व्यक्त गर्दै उनले अहिलेको सरकारको छ महिनासम्म विकल्प नरहेको बताए । ‘शान्ति र संविधानपछिको सरकारको नेतृत्व काँग्रेसले लिनेछ’– उनले भने ।
तपाईको प्रतिक्रिया