मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024
काठमाडौं- छुट्टाछुट्टै दुर्घटनामा शुक्रबार चारको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल-सुनवल सडकखण्डमा बिहीबार राति सवारी दुर्घटना हुँदा दुर्इ जनाको मृत्यु भएको छ । पूर्वबाट बुटवलतर्फ आउँदै गरेको लु ११ प ६६५५ नम्बरको मोटरसाइकल रुपन्देही देवदहमा दुर्घटना हुँदा पाल्पा बन्दीपोखराका कमल गहतराज र निरज गहतराजको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैबीच आज बिहान बुटवल-भैरहवा सडकखण्डअन्तर्गत बुटवल नगरपालिका कालिकानगरमा भएको सडक दुर्घटनामा परी घाइते भएका कालिकानगर १३, बुटवल निवासी सुरेश ज्ञवालीको उपचारको क्रममा मृत्यु भएको छ ।
बिहान मर्निङवाकमा हिडेका वृद्धलाई तीव्रगतिमा बुटवलबाट भैरहवातर्फजाँदै गरेको लु ११  ८ नं। को मोटरसाइकलले ठक्कर दिएको थियो ।
यस्तै रुपन्देहीको देवदहमा ना। २ ख ७९४६ नम्बरको बसले लु ४ प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा  मोटरसाइकलमा सवार नवलपरासी बस्ने २८ वर्षीय रामकृष्ण थापाको मृत्यु भएको छ ।
बसको ठक्करबाट गम्भीर घाइते भएका थापाको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया