Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- काठमाडौं जिल्ला प्रशासनले राजधानीका महत्पूर्ण क्षेत्रहरुमा शुक्रबारदेखि लागू हुने गरी निषेधित क्षेत्र घोषणा गरेको छ ।
सुरक्षा सम्वेदनशीलतालाई दृष्टिगत गरी आजदेखि लागू हुने गरी निषेधित क्षेत्र घोषणा गरेको हो । राष्ट्रपतिको कार्यालय प्रवेशद्वारको उत्तर दक्षिण ५० मिटरसम्म, उपराष्ट्रपतिको कार्यालय अगाडि क्षेत्र, प्रधानमन्त्रीको कार्यालय तथा निवास क्षेत्र बालुवाटारलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
यसैगरी, भद्रकाली मन्दिर पेट्रोल पम्प अगाडिसम्म, माइतीघर मण्डलादेखि सिंहदरबार दक्षिण गेट हुँदै हनुमानथानसम्म, संविधानसभा भवनको पश्चिम गेटबाट नयाँ बानेश्वर चोकसम्म, माइतीघर मण्डलादेखि पद्मोदय स्कुल मोडसम्मलाई निषेधित क्षेत्र घोषित गरिएको प्रमुख जिल्ला अधिकारी रत्नराज पाण्डेले बिहीबार सूचना जारी गरी जानकारी दिए ।
तपाईको प्रतिक्रिया