मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024
काठमाडौं- सभामुख सुवासचन्द्र नेम्बाङ्गले संसदमा माइक तोडफोड गर्ने सभासद् संजयकुमार साहलाई १० दिनका लागि निलम्वन गर्नु भएको छ । बोल्नका लागि समय नदिएको भन्दै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सभासद् साहले बिहीबार सूचना जारी गर्दै सभामुख नेम्वाङले तोडफोडबाट भएको क्षतिपूर्ति साहको पारिश्रमिकबाट असुल्न पनि निर्देशन दिएका छन् । सभामुख नेम्वाङले आफूलाई बोल्न समय नदिएको भन्दै उनले तीनवटा माइक भाँचेका थिए ।
कालिकोटका दलित मनवीर सुनारको हत्याको विरोधमा दलित सभासदहरुले संसद अवरुद्ध पारेपछि धनुषा क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचित सभासद साहले बोल्नका लागि सभामुखसँग समय माग गरेका थिए । तर सभामुखले संसद बैठक स्थगित भइसकेको बताएपछि साहले आक्रोशित हुँदै माइक तोडफोड गरेका हुन् ।
एक वर्षदेखि सभामुखसँग बोल्न समय मागे पनि नदिएपछि आक्रोस पोखिएको उनले प्रतिक्रिया दिए ।
तपाईको प्रतिक्रिया