मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024
काठमाडौ-  एकीकृत नेकपा माओवादीका पोलिटब्यूरो सदस्य हरिवोल गजुरेलले माओवादीकै नेतृत्वमा फेरि पनि राष्ट्रिय सहमतिको सरकार नबने सबै प्रक्रियाहरु अवरुद्ध  हुने चेतावनी दिए । उनले डा. बाबुराम भट्टराईकै नेतृत्वमा शान्ति प्रक्रियाअगाडि बढेकोले उनकै नेतृत्वमा सहमतिको सरकार निर्माण हुनु पर्ने जिकिर गरे ।
उनले शान्ति र संविधान निर्माणको सवालमा माओवादी लचक बनेको विषयलाई लिएर अन्य दलहरुले फेरि माओवादीलाई घेराबन्दीमा पार्न थालेको दावी गर्दै यसले मुलुकमा असहज अवस्था ल्याउने चेतावनी दिए । उनले भने-हामिलाई फेरि घेराबन्दीमा पारिदैछ, अति गरिए हामि जनतामा जान बाध्य हुनेछौ । अब पनि परिस्थिति विगि्रयो भने माओवादीलाई दोष आउँदैन । माओवादी हदै सम्म लचिलो भएर अगाडि आएको कछ ।
उनले मधेसीलाई नेपाली सेनामा प्रवेश गर्ने कुराको विरोध गरिए यसले कसैको पनि हित नगर्ने चेतावनी दिदै विरोधले एकताबद्ध नेपाल बनाउने कुरामा जटिलता बढाउने दावी गरे । उनले सरकारले नीति पत्र पारित गरे  पनि भर्नाको प्रक्रिया दलहरुले छलफल गरेर मिलाउनु पर्ने धारणा राखे ।
तपाईको प्रतिक्रिया