Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

ओसाका – नेपाली कांग्रेसको जापानस्थित भातृ संगठन नेपाली जनसम्पर्क समिति जापानले संगठन बिस्तार गर्ने क्रममा २१ डिसेम्बर २०११ बुधबारका दिन ओसाका शहरको निसितानाबेको टाईम टावर भवनको हलमा भब्यताको साथ सर्वसम्मत रुपमा पहिलो पटक कान्साई क्षेत्रिय कार्यसमिती चयन गर्दै जनसम्पर्क समिति कान्साई (ओसाका) क्षेत्रिय अधिवेशन सम्पन्न भएको छ । उक्त कार्यक्रम समाजसेवी एबं जनसम्पर्क समितिका क्रियाशिल ब्यक्तित्व तुल्सीराम खरेलको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन कासीराम कँडेलबाट भएको थियो ।

उक्त कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न जनसम्पर्क समिति जापानाले क्षेत्रिय तयारी समिति संयोजक केन्द्रिय सदस्य पारसमणि पोख्रेलको संयोजकत्वमा केन्द्रीय सदस्य विनोद खनाल, सदस्य डा. सनत वाग्ले एवम् समाजसेवी तुल्सीराम खरेल र हरिप्रसाद कँडेलले बिशेष भूमिका निर्वाह गर्नुभएको थियो । त्यसैगरी अर्को परिचित ब्यक्तित्व आत्माराम गैरेले पनि संयोजनको महात्वपुर्ण भुमिका निर्वाह गर्नुभएको थियो ।

साथै उक्त अधिवेशनलाई सार्थक तुल्याउन केन्द्रबाट जनसम्पर्क समिति जापानाका कार्यवाहक अध्यक्ष पासाङ शेर्पा, उपाध्यक्ष शेरबहादुर केसी, महामन्त्री आनन्दबहादुर क्षेत्री, प्रवक्ता राजेन्द्र जमरकट्टेल, सदस्य रितेन्द्र गिरी, संस्थापक अध्यक्ष विश्वनाथ शार्मा, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि सुभाष लोहनीको उपस्थिति रहेको थियो ।

कार्यक्रमको शुरुवातमा स्वर्गीय सहिदहरु एवम् तरुण दल चितवनको जिल्ला अध्यक्ष स्वर्गीय शिब पौडेललाई स्मरण गर्दै १ मिनेट मौनधारण गरिएको थियो । केन्द्रिय प्रतिनिधि तथा प्रमुख अतिथि पासाङ शेर्पाबाट द्वीप प्रज्वलन गर्नु भई शुरु भएको उक्त कार्यक्रममा कृष्ण शर्मा (गैरे) बाट उपस्थित सबैलाई हार्दिक स्वागत गर्नुभएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुमा केन्द्रीय प्रतिनिधिहरु सदस्य सनत वाग्ले, रितेन्द्र गिरी, विनोद खनाल, पारसमणि पोख्रेल, प्रवक्ता राजेन्द्र जमरकट्टेल, महामन्त्री आनन्दबहादुर क्षेत्री, उपाध्यक्ष शेरबहादुर केसी, महाधिवेशन प्रतिनिधि सुभाष लोहनी, संस्थापक अध्यक्ष विश्वनाथ शर्माले समय सान्दर्भिकता र जनसम्पर्क समिति जापानको गठन विकास क्रमबारे बोल्नुभएको थियो ।

त्यसैगरी प्रमुख अतिथि पासाङ शेर्पाले हरिप्रसाद कँडेलको संयोजकत्वमा गठित उक्त कान्साई (ओसाका) क्षेत्रिय कार्यसमितीलाई कार्यकाल सफलताको शुभकामना तथा बधाई दिँदै नेपाली कांग्रेस स्वतन्त्रता र प्रजातान्त्रिक प्राणालीमा अगाडि बढ्ने संगठन भएको हुँदा आज जनसम्पर्क समिति कान्साई क्षेत्रिय कार्यसमिति गठन गर्न सफल भएको कुरा राख्दै आफ्नो ब्यबसाय र पेशालाई निरान्तरता साथ हाल देशमा रहेको बिषम परिस्थितिमा सम्पूर्ण नेपाली कांग्रेसप्रति आस्थावन दाजुभाइ तथा दिदीबहिनीहरु एकजुट भई आ-आफ्नो क्षेत्रबाट संगठनलाई प्रगाढरुपमा विकास गर्दै अगाडि बढ्ने कुरामा विश्वास व्यक्त गर्नुभएको थियो ।

अन्तमा कार्यक्रमका सभापति तुल्सीराम खरेलले दिनरात नभनी टोकियो, नागोया र हिरोसिमाबाट पाल्नु भएका नेपाली जनसम्पर्क समिति जापानाका केन्द्रिय साथीहरु लगायत अन्य उपस्थित सबैलाई हार्दिक धन्यवाद दिँदै कार्यक्रमलाई समापन गर्नुभएको थियो ।

साथै कार्यक्रमको बन्दसत्रले निम्न ब्यक्तिहरुलाई सर्बसहमतिमा चयन गरी जनसम्पर्क समिति कान्साई क्षेत्रिय कार्यसमिति समिति गठन गरिएको छ ।
अध्यक्ष – हरि प्रसाद कंडेल
उपाध्यक्ष – डिल्लाराम सापकोटा
सचिब – कृष्ण गैरे
कोषाध्यक्ष – शोभाखर न्यौपाने
सह-सचिब – कासीराम कंडेल
सदस्य- भिम प्रसाद गैरे
सदस्य- चुडमणी कंडेल
मनोनित सदस्यहरु – ईश्वरी सापकोटा, अमर थापा, कासीराम सापकोटा र खेम गैरे
सल्लाहकारहरु – तुल्सीराम खरेल, आत्माराम गैरे र डा. सनत वाग्ले
कार्यक्रमको समापनपछि नेपाली इन्डियन रेस्टुरेन्ट सुरजमा जलपनको ब्यबस्था समेत गरिएको थियो ।

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया