मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024
काठमाडौं- पार्टीभित्रको विवाद चुलिएपछि एकै ठाउँ बस्नसमेत नसक्ने अवस्थामा आएका माओवादी नेताहरुले केन्द्रीय समिति बैठक पनि सारेका सार्‍यै छन् ।
केन्द्रीय कमिटी फेरि एक दिन पर सरेको छ । शुक्रबारका लागि बोलाइएको केन्द्रीय कमिटीको बैठक बुधबारसम्मका लागि सारिएको हो ।
तयारी नपुगेको भन्दै लामो समयपछि बोलाइएको केन्द्रीय कमिटीको बैठक शुक्रबारको लागि डाकिएको पोलिटब्यूरो सदस्य हरिभक्त कँडेलले जानकारी दिए ।
माओवादीले शुक्रबार साँझसम्म पार्टीको केन्द्रीय कार्यालयको सम्पर्कमा रहन सबै केन्द्रीय सदस्यलाई आग्रह गरेको छ । आन्तरिक द्वन्द्व उत्कर्षमा पुगेको भनिएको बेला बस्न लागेको माओवादी केन्द्रीय समितिको बैठकलाई महत्वका साथ हेरिएको छ ।
केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गर्ने प्रतिवेदन लेख्नको लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्य कार्यक्रम स्थगित गरेको उनको निजी सचिवालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया