मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024
लाहान (सिरहा)- हतियारधारी डाँका समूहको प्रतिकारमा सिराहाको बेल्हामा एक किशोरको मृत्यु भएको छ ।
लुटपाटका लागि आएको डाँका समूहको प्रतिकारमा बेल्हा ३ का रघुनाथ साहका १५ वर्षीय छोरा सुरेश साहको डाँकाले चलाएको गोली लागेर मृत्यु भएको छ । टाउकोमा गोली लागि घाइते भएपछि उपचारका लागि सिराहा ल्याउने क्रममा साहको मृत्यु भएको छ ।
सोही ठाउँका शिवनाथ साह, उनका पत्नी सुनिता साह, जोगिन्द्र साहको छोरा प्रमोद साह, छोरी गितादेवी साह, गिताकी १२ बर्षीया छोरी चान्दनी साह र ७ वर्षीय छोरा चन्दन साह गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
तपाईको प्रतिक्रिया