Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- प्रधानमन्त्रीका विश्वासपात्रका रूपमा चिनिने स्थानीय विकासमन्त्री टोपबहादुर रायमाझी नै सबैभन्दा बढी कर्मचारी सरुवा गर्ने मन्त्री बन्नुभएको छ । उहाँले हालसम्म १ सय २८ कर्मचारीको सरुवा गर्नुभएको छ ।
स्थानीय निकायलाई कसरी व्यवस्थित गर्नेभन्दा पनि रायमाझीको ध्यान सरुवा गरेर कसरी चाँडै कमाउने भन्नेतर्फ देखिन्छ । सरुवाको खेलमा सञ्चारमन्त्री जयप्रकाश गुप्ता दोस्रो हुनुभएको छ । उहाँले १ सय २३ कर्मचारीको सरुवा गर्नुभएको छ । भ्रष्टाचारको मुद्दा खेप्दै आउनुभएका गुप्ताले केही दिनअघि लेखासमितिको निर्देशनविपरीत एनसेलले प्रयोग गरिरहेको अस्थायी पि|mक्वेन्सी स्थायी गरिदिनुभएको थियो ।
सामान्य प्रशासनमन्त्री रामकुमार यादवले ८२, कृषि तथा सहकारीमन्त्री नन्दनकुमार दत्तले ८१, गृहमन्त्री विजय गच्छदारले ७४ जना कर्मचारीको सरुवा गर्नुभएको छ ।
तपाईको प्रतिक्रिया