Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
टोकियो– जापानको सबैभन्दा ठूलो कार उत्पादक कम्पनी टोयोटाले आगामी वर्ष कम्तीमा पनि २० प्रतिशतको हाराहारीमा उत्पादन बढाई विश्व बजारमा पठाउने जनाएको छ ।
हाल सो कार कम्पनीको करिब सात दशकको ईतिहासमा नै सबैभन्दा बढी घाटा व्यहोर्नुपरेको बताउँदै आएको सो कम्पनीले सन् १०१२ मा भने विश्व बजारमा अहिलेको तुलनामा कम्तीमा पनि २० प्रतिशतले बढी उत्पादन पठाउने लक्ष लिएको हो ।
सन् २०११ को मार्च ११ मा जापानमा गएको महाभूकम्प र सुनामीका कारण जापानमा देखिएको आर्थिक मन्दीको प्रभाव सो कार कम्पनीलाई पनि परेको थियो ।
सो कार कम्पनीले आगामी सन् २०१२ मा विश्व बजारमा करिब ८४ लाख कार बिक्री गर्ने योजना बनाएको पनि आज सो कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले उत्पान गरिएको सबैजसो कारहरुको विश्व बजार खोज्ने योजना बनाएको र यसका लागि विशेष कार्ययोजना पनि निर्माण गरिएको आज एक प्रेस विज्ञप्तिमार्फत स्पष्ट गरेको छ ।
त्यसैगरी सन् २०१३ मा पनि सो कम्पनीले कम्तीमा पनि ९० लाखजति कार विश्व बजारमा बेच्नेगरी योजना बनाएको र निर्माण गर्ने लक्ष राखेको सो विज्ञप्तिमा जनाएको छ ।
जापानमा गएको सो सुनामीपछि विश्व बजारमा नै करिब छ प्रतिशतको हाराहारीमा बजार खस्किएको बताइएको छ । तर सो कम्पनीको आन्तरिक बजार भने ईतिहासमै सबैभन्दा नराम्रोसँग खस्किएको पनि सो कम्पनीले जनाएको छ ।
उता मुलुकको उत्पादनको मागमा परेको असरको निरन्तरतासँगै जापानको निर्यात बजारमा भने पुनः गिराउट आएको समाचारमा जनाइएको छ ।
जापानमा वितेको वर्षको तुलनामा यस वर्षको नोभेम्बर महिनामा समुद्रपारको निर्यात चार दशमलव पाँच प्रतिशतले कमी भएको वित्त मन्त्रालयको आँकडाले देखाएको छ ।
यसैबीच बैङ्क अफ जापानले आफ्नो प्रमुख ब्याज दरलाई शून्य र शून्य दशमलव एक प्रतिशतको बीचमा राख्ने निर्णय गरेको छ । जापानको अर्थतन्त्र मन्दीबाट सुधार भएको हो ।
गत मार्च महिनामा गएको विध्वंशकारी महाभूकम्प र सुनामीले जापानको अर्थतन्त्र तहसनहस पारेको थियो । यद्यपि हालैका महिनाहरूमा आपूर्ति श्रृङ्खलाहरूको सुधारमा भएको वृद्धि र उत्पादन केन्द्रहरूको पुनरबहाली घट्दो अवस्थामा सुरु भएको छ ।
नोभेम्बर महिनामा जापानको निर्यात पाँच दशमलव दुई खर्ब येनमा आएको छ र यो लगातार दोस्रो महिनामा निर्यातमा कमी हो ।
सोही अवधिमा आयातमा ११ दशमलव चार प्रतिशतले वृद्धि भएर पाँच दशमलव ८८ खर्ब येन पुगेको आँकडा पनि सो मन्त्रालयले आज सार्वजनिक गरेको छ ।
विश्लेषकहरूले विश्व अर्थतन्त्रमा देखिएको कमजोरीको असरका साथै हालेका केही दिनहरुमा यूरो जोनमा देखिएको आर्थिक मन्दीको समस्या पनि एक कारक रहेको बताएका छन् ।
युरोपतर्फको निर्यातमा भएको कमीको माध्यमबाट युरोपमा देखिएको मन्दीको प्रतिकूल प्रभाव र एसियाबाट हुने मागमा सम्भावित विस्तारको उदय भएको पनि बताइएको छ ।
विश्व आर्थिक अनिश्चितता निम्त्याउने अर्को चुनौती भनेको लगानीकर्ताहरू सुरक्षित लगानीका लागि येनतर्फ आकर्षित हुनु पनि रहेको बताइन्छ ।
यसले जापानी मुद्रालाई बढावा दिएको छ जसबाट जापानी निर्यात समुद्रपारका मुलुकहरूमा अधिक महँगो भएको छ । जापानमा गएको सो महाभूकम्पपछि त्यहाँका कम्पनीहरुले व्यापकरुपमा आर्थिक बृद्धिका प्रयासहरुलाई अघि बढाएका समाचारमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया