Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024
काठमाण्डौं – नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले नेपाली काँग्रेस माओवादीको पुच्छर बनेको आरोप लगाउनुभएको छ ।
अनेरास्वबियुले काठमाण्डौंमा गरेको अखिल फोर्स तथा स्वयंसेवक भेलाको उद्घाटन गर्दै अध्यक्ष खनालले सोमवार गरेको नेपाल बन्दले काँग्रेस पनि माओवादीकै पुच्छर बनेको पुष्टि भएको तर्क गर्नुभयो । काँग्रेस अब लोकतान्त्रिक पार्टी नभएको खनालले बताउनुभयो ।
कार्यक्रममा खनालले माओवादीले अब देशको नेतृत्व गर्न नसक्ने पनि बताउनुभएको छ । माओवादीको मार्गदर्शक सिद्धान्त नै नभएको र अहिले पार्टी नै तीन चिरा परेकोले उसले देशको नेतृत्व गर्न नसक्ने बताउनुभयो । माओवादीलाई हिंसात्मक बाटोबाट शान्तिपुर्ण बाटोमा ल्याउन मुख्य भुमिका एमालेले नै निभाएको भन्दै खनालले भन्नुभयो ‘माओबादीले अब चाहेर पनि शान्ति प्रकृया छोडेर जान सक्दैन ।’
एमाले भित्रको अन्तर्विरोध हटाउन आफुले पार्टी एकता प्रस्ताब ल्याउन लागेको उहाँले बताउनुभयो ।
तपाईको प्रतिक्रिया