Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– सरकार बनेयता विवादमा रुमलिएको माओवादी शीर्ष नेताहरु केन्द्रीय समिति बैठकअघि तयारी तीब्र पारेका छन् ।
आगामी पुस ८ गते बस्ने केन्द्रीय समितिको बैठकमा कस्तो एजेन्डा प्रस्तुत गर्ने भन्ने विषयमा शीर्ष तहमा छलफल भइरहेका छन् । संस्थापन नेताहरुबीच उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नरायणकाजी श्रेष्ठको निवास पुल्चोकमा भएको छलफलमा पार्टीभित्र देखिएको विवादलाई हल गर्न सबैभन्दा उत्तम विकल्प के हुन सक्छ भनेर नेताहरुबीच सामान्य छलफल भएको पोलिटब्युरो सदस्य तथा केन्द्रीय कार्यालय सचिव शक्ति बस्नेतले बताउनुभयो । पार्टीलाई क्रान्तिकारी बनाउन पार्टीले विगतमा उठाएका एजेन्डालाई अझ स्पष्टरुपमा उठाउने, संविधान निर्माण र शान्ति प्रक्रियालाई कसरी तार्किक निष्कर्षमा पु¥याउने भन्ने विषयमा छलफल भएको सचिव बस्नेतले जानकारी दिनुभयो । ‘लामो समयदेखि बस्न नसकेको केन्द्रीय समितिको बैठकलाई परिणाममुखी बनाउनका लागि आन्तरिक छलफल भएको हो, यसमा को सहभागी को नहुने भन्नेभन्दा पनि पार्टीलाई एकताबद्ध बनाउनका लागि बहुपक्षीय छलफल गरिएको हो,’ सचिव बस्नेतले भन्नुभयो ।
माओवादी भित्र वरिष्ठ उपाध्यक्ष मोहन वैद्य पक्षले आफ्नो क्रान्तिकारी कार्यदिशा पारित नभए पार्टी टुक्रिने चेतावनी दिएका छन् । वैद्यले यो सरकार विघटन गरि महासचिव रामबहादुर थापाको नृतत्वमा नयाँ सरकार गठन गर्नुपर्ने माग गरेपछि माओवादी फुट्ने निश्चित भएको छ ।
तपाईको प्रतिक्रिया