Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– अचानक बिरामी परेपछि नर्भिक अस्पताल भर्ना गरिएका पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सुर्यबहादुर थापालाई बुधबार डिस्चार्ज गरिएको छ ।
उहाँको स्वास्थ्यमा पूर्ण रुपमा सुधार भइसकेकाले डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । अचानक अस्वस्थ भएपछि उहाँलाई गत सोमबार साँझ राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।
८५ वर्षीय पूर्वप्रधानमन्त्री थापालाई उच्च रक्तचाप र छटपटी भएको उहाँका सहयोगी किरण गिरीले जानकारी दिनुभयो । थापाको पुनः स्वास्थ्य परीक्षण गरी डिस्चार्ज गरिएको उहाँले बताउनुभयो ।
तपाईको प्रतिक्रिया