Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– जापानमा पढ्ने नेपाली विद्यार्थीहरुको समूह ‘सहयोगी हात जापान यो मन त मेरो नेपाली हो’ ले आईटीपी रोगकी विरामी बर्दियाकी बालिका सरिता डिसीको उपचारको लागि सहयोग उपलब्ध गराएको छ ।
राजधानीमा पत्रकार सम्मेलन गरी ‘मन त मेरो…..’ ले डिसीको उपचारको लागि नगद १ लाख १९ हजार ६ सय ६५ रुपैयाँ सहयोग गरेको छ । समूहका तर्फबाट मुक्तिराज रेग्मीले बालिका डिसीलाई सो रकम हस्तान्तरण गरेका हुन् ।
राजधानीमा कक्षा तीनमा अध्ययनरत बालिका डिसीलाई बेला बेलामा शरीरको रगत परिवर्तन गरिरहनु पर्ने आईटीपी रोग लागेको हो । विगत अढाई वर्षदेखि उनी सो रोगले ग्रस्त रहँदै आएकी छिन् ।
सहयोगी विद्यार्थी रेग्मीले यूटयूबमा हालिएको सहयोग सम्बन्धी भिडियो देखेर आफू सहित जापानमा बस्ने १५ जना विद्यार्थीहरुले सो रकम सहयोग गरेको जानकारी दिँदै भविष्यमा पनि नेपाली दाजुभाइहरुको दुःखमा थोरै भए पनि सहयोग गर्न आफू तयार रहेको प्रतिबद्धता ब्यक्त गरे ।

 

 

तपाईको प्रतिक्रिया