Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– नेपालमा बैंकमा पनि पैसा असुरक्षित हुन थालेको छ । नक्कली एटीएम बनाएर पैसा थुत्न थालेपछि सर्वसाधारणले त्रासको महसुस गर्नुपर्ने भएको छ ।
प्रहरीले नविल बैंकको एटीएमबाट पैसा चोरी गर्ने काठमाडौं कालिकास्थानका सविन रिमाल र रितेश रिमाललाई पक्राउ गरेपछि यो रहस्य खुलेको हो । उनीहरुले पिनकोड चोरी गरी रकम चोर्ने गरेको महानगरीय प्रहरी अपराध महाशाखा अधिकारीले बताए ।
महाशाखाका अनुसार उनीहरुले अहिलेसम्म ४८ लाख २५ हजार ३ सय ५० रुपैयाँ चोरी गरेका छन् । सविन पहिले नविल बैंकमै काम गर्थे । काम गर्दागर्दै एटीएम बनाउने मेसिन खरिद गरेर उनले पिन कोड चोरेर रकम थुत्न थालेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया