Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाण्डौं– नेकपा एमालेका उपाध्यक्ष एवम अखिल नेपाल किसान महासंघका अध्यक्ष बामदेब गौतमले दोहोरो कर अन्त्यको नाममा सरकारले कृषि सेवा शुल्क हटाएर नेपालको कृषि क्षेत्रलाई तहस नहस बनाउने षडयन्त्र गरेको आरोप लगाउनुभएको छ । प्रमुख राजनीतिक दलका किसान सम्बद्ध संगठनको सहभागितामा गठन भएको राष्ट्रिय किसान सञ्जालले काठमाण्डौंमा गरेको  कार्यक्रममा गौतमले भारतमा ७५ प्रतिशत अनुदान पाएको कृषि उत्पादन निर्वाध नेपाल भित्राउने हो भने नेपालमा केही पनि उत्पादन नहुने बताउनुभयो ।
भारतीय कृषि उत्पादनमा लाग्दै आएको सेवा शुल्क हटाईए त्यस विरुद्ध आन्दोलन गर्ने चेतावनी पनि गौतमले दिनुभयो । गौतमले कृषि क्षेत्रले ६७ प्रतिसत रोजगारी दिएको र राष्ट्रिय अर्थतन्त्रमा ३५ प्रतिसत योगदान गरेको भन्दै सेवा सुल्क हटाईए नेपाल समाप्त हुने ठोकुवा गर्नुभयो ।
नेपाली विशेषज्ञ र कृषि संगठनका प्रतिनिधि समावेश गरेर रणनीति बनाउनु पर्ने भन्दै गौतमले अन्तर्राष्ट्रिय रुपमै बदनाम बीउ कम्पनी मन्सान्तोलाई नेपाल भित्र्याउने षडयन्त्र भएकोले कुनैपपनि हालतमा भित्रिन नदिने बताउनुभयो ।
तपाईको प्रतिक्रिया