Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाण्डौ– एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले सरकारको नेतृत्व गर्ने पालो नेपाली काग्रेसको भएको बताउनु भएको छ । रिपोर्टर्स क्लब नेपालले मंगलबार काठमाण्डौंमा गरेको साक्षात्कारमा गजुरेलले एमाले र माओवादीले दुई दुई पटक सरकारको नेतृत्व गरिसकेको अवस्थामा दोस्रो ठूलो दल काग्रेसले अबको नेतृत्व गर्न पाउनु स्वभाविक भएको बताउनुभयो ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकार सहमतिको सरकार बन्न नसक्ने ठोकुवा गर्दै गजुरेलले भन्नुभयो “काग्रेस र एमालेले बाबुराम जीको नेतृत्व नस्विकारे पछि यो सरकार कसरी राष्ट्रिय सरकार बन्न सक्छ ? कागताली परेर केही दिन सरकार टिक्न सक्ला तर यो सरकार सहमतिको सरकार बन्न सक्दैन ।”
उहाँले सहमतिको सरकार निर्माण भई शान्ति र संविधान जारी हुन नसक्ने ठोकुवा गर्दै  माओवादीको नेतृत्वमा सहमतिको सरकार बन्ने अवस्थामा आफूहरुको विचार समूहको तर्फबाट महासचिव रामबहादुर थापा बादललाई प्रधानमन्त्रीको लागि प्रस्ताव गरिने बताउनुभयो ।
गजुरेलले पार्टी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री भईसकेको र बरिष्ठ उपाध्यक्ष मोहन बैद्यले चाहना नराखेकेकोले महासचिव बादलको दावी जायज हुने बताउनुभयो । उहाँले भन्नुभयो “बाबुराम जी नेतृत्वको सरकार असफल भईसकेपछि अब हाम्रो विचार समूहको दावी स्वभाविक हुन्छ ।”
तपाईको प्रतिक्रिया