Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- अस्वस्थ्य भएपछि अस्पताल भर्ना गरिएका राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको स्वास्थ्य सुधार भएको छ ।
उपचारका लागि सोमबार साँझ नर्भिक अस्पताल भर्ना गरिएका उनको मंगलबार बिहान एमआरई गरिएको छ । उनको डिस्चार्जबारे भने अस्पतालले केही बताएको छैन ।
उच्च रक्तचाप र छटपटी बढेपछि थापालाई नर्भिक भर्ना गरिएको उनका सहयोगी किरण गिरीले जानकारी दिए ।
८५ वर्षीय थापालाई अपरान्ह ४ बजे असजिलो भएको थियो । उनको स्वास्थ्य जाँच गर्न चिकित्सक मनबहादुर केसी थापा निवास मालिगाउँ गएका थिए । साँझसम्ममा पनि स्वास्थ्य उस्तै भएपछि अस्पताल लगिएको गिरीले बताए ।
तपाईको प्रतिक्रिया