Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – पशुपति शमसेर राणाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीको जापानस्थित भात्तृसंस्था प्रवासी नेपाली संगठन (ONO) जापानको सिंगो संगठन कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा प्रवेश गरेको छ ।

राणाको नेतृत्व रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी देश, काल र परिस्थितिअनुसार स्पष्ट दृष्टिकोण, नीति एवं कार्यदिशा अँगाल्न नसकेको भन्दै उक्त पार्टी छोडेर कमल थापाले नेतृत्व गरेको राप्रपा नेपालमा सम्माहित भएको कुरा ओनो ( Overseas Nepalese Organization ) जापानले एक बिज्ञप्तीमार्फत सार्बजनिक गरेको हो ।

ओनो जापानका तर्फबाट अध्यक्ष रघुदीप खड्काद्वारा प्रेषित बिज्ञप्तीमा, देशको कहालीलाग्दो परिस्थितिमा राप्रपा नेपालले अंगिकार गरेको स्पष्ट नीति, बिचार तथा अलग पहिचानसहितको राजनीतिक दर्शन मुलुकको लागि उपयुक्त भएको ठहर गर्दै उक्त पार्टीमा समाहित भएको जनाईएको छ ।

बिज्ञप्तीमा अगाडि भनिएको छ -बिगत दुइ दशकदेखि हत्याहिंसाको चपेटामा पिरोलिएका सर्बसाधारण जनताको दैनिक जीवन थप कष्टकर बन्दै गईरहेको छ । मुलुकमा शान्ति र सुब्यवस्था कायम हुन सकेको छैन । नेपाली जनतालाई ठूलो आश्वासन र प्रलोभन देखाई गणतन्त्र स्थापना भएको पाँच बर्ष बितिसक्दा पनि नेपालीका समस्या ज्यूँ का त्यूँ छन् । गणतन्त्रका हिमायती डा. बाबुराम भट्टराई जस्ता सक्षम ब्यक्ति अहिले नेपालका प्रधानमन्त्री छन् । उहाँको मन्त्रीमण्डलले जति नै भ्रष्टाचार गरे पनि उहाँले बडो सजिलोसंग उत्तर दिनुहुन्छ –  मैले केहि पनि गरेको छैन । क्यान्टोनमेन्टमा हुँदै नभएको ब्यक्तिको नाममा अरबौको रकम बुझेर उहाँ भन्ने गर्नुहुन्छ – अन्य क्षेत्रमा कैयौ भ्रष्टाचार भएको छ त्यहाँ किन नेपालीको ध्यान जाँदैन ? कस्तो हास्याष्पद कुरा ? हिजो नाताबाद, कृपाबाद र मितब्ययिताको नारा लगाउने माओबादी पार्टी आज सरकारमा छ, एकैघरबाट श्रीमान श्रीमती मन्त्रीमण्डलमा गएका छन् मन्त्रिमण्डल जतिसुकै ठूलो किन नहोस् । विप्पा प्रकरण र ढुङ्गेल प्रकरणले गर्दा माओबादीसंग अन्य दलहरु रुष्ट बन्न पुगेका छन् । तै पनि सकारको सय दिनको समिक्षा गर्दै प्रधानमन्त्री भट्टराईले सरकार सफल भएको दाबी गर्दै आईरहेका छन् ।

देशको यस्तो बिषम परिस्थितिमा स्पष्ट बिचार र अलग पहिचानसहितको राजनैतिक दर्शन बोकेको पार्टी राप्रपा नेपालमा प्रवेश गर्ने देशब्यापी लहर चलेको छ । अहिले देशका अन्य पार्टीका नेता, कार्यकर्ताहरुलेसमेत खुलेर राप्रपा नेपालको प्रशंसा गरेको अवस्थामा हामी ओनो जापानमा आबद्ध सम्पूर्ण कार्यसमितिसहित राप्रपा नेपालमा प्रवेश गरेको ब्यहोरा जापानस्थित समस्त शुभचिन्तक मित्रहरुलाई अवगत गराउन चाहान्छौं । साथै निकट भबिष्यमा हुन लागेको राप्रपा नेपालका अध्यक्ष कमल थापाको जापान भ्रमणका सिलसिलामा ओनो जापानको चौथो अधिवेशन हुन गईरहेको ब्यहोरा समेत यसै बिज्ञप्तीमार्फत जानकारी गराउन चाहान्छौं -बिज्ञप्तीमा भनिएको छ । थप जानकारीका लागि देहायको मोबाईल नम्बरमा सम्पर्क गर्न सकिने कुरा पनि बिज्ञप्तीमा जनाईएको छ । ०९०-३५०२-८५९० र ०८०-३४३२-५१४१ ***

तपाईको प्रतिक्रिया