Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले नेता केपी शर्मा ओलीलाई तेस्रो स्थान दिन लागेको बताएका छन् ।
राजधानीमा मंगलबार बिहान सञ्चारकर्मीहरुसँग कुरा गर्दै गौतमले पार्टीभित्र आन्तरिक एकता कायम गर्न ओलीलाई तेस्रो स्थान दिन लागेको जानकारी दिए । ‘ओलीले आठौं महाधिवेशनमा अध्यक्षमा पराजय हुनुभएको हो, सम्पूर्ण कम्युनिष्ट आन्दोलनमै हार्नुभएको होइन,’ उनले भने, ‘त्यसैले उहाँलाई सम्मान साथ अध्यक्ष झलनाथ खनाल र बरिष्ठ नेता माधवकुमार नेपालपछिको स्थान दिन लागेका हौं ।’
गौतमका अनुसार ओलीलाई तेस्रो स्थान दिन लागेकामा नेता नेपाल सकारात्मक भए पनि महासचिव ईश्वर पोखरेल असन्तुष्ट रहेको खुलाए ।
उपाध्यक्ष गौतमले ओली, आफू र अमृतकुमार बोहरालाई सभासद् बनाउने प्रस्तावको पक्षमा नरहेको बताए । उनले पार्टीभित्र सुरु भएको एकता अभियान नवौं महाधिवेशनमा ओलीलाई अध्यक्ष बनाउन नगरिएकोसमेत स्पष्ट पारे ।
तपाईको प्रतिक्रिया