Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
चितवन- तरुणदल चितवनका अध्यक्ष शिव पौडेलको अन्तिम संस्कार मंगलवार दिउँसो चितवनको देवघाटमा हुने भएको छ ।
आफ्ना मागबारे उचित सम्बोधन गर्ने गरि सरकारले प्रकृया अगाडि बढाउने भएपछि कांग्रेसले आन्दोलन फिर्ता लिई अन्तिम संस्कारको प्रकृया अघि बढाएको हो ।
पौडेलका आफन्तले शब बुझिसकेको र मंगलवार चितवन ल्याएर शब यात्रा र श्रद्धाञ्जली सभा गरि देवघाटमा अन्तिम संस्कार गर्ने तयारी भएको नेपाली कांग्रेस चितवनका जिल्ला सचिव देबेन्द्र पौडेलले जानकारी दिनुभयो ।
हेलिकोप्टर मार्फत पौडेलको शब बिहान ११ बजे  भरतपुर बिमानस्थलमा ल्याउने र नगरपरिक्रमापछि पार्र्टी कार्यालयमा दिउसो १ बजेदेखि ३ बजेसम्म श्रद्धाञ्जलीका लागि राखि देवघाट लगिने उहाले जानकारी दिनुभयो ।
मौसमका कारण हेलिकोप्टर मार्फत शब ल्याउन कठिनाई भए बिहान ८ बजे गाडीमा चितवन शब ल्याउने र दिउँसो १ बजे देखि ३ बजे सम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने उहाले स्पष्ट पार्नुभयो ।
तपाईको प्रतिक्रिया