Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
इस्लामाबाद– पाकिस्तानका एक पुरुषले आफ्नी नवयुवती श्रीमतीले बढी समय उनका आमाबाबुसँग बिताएको भन्ने कुरामा भएको झगडाका कारण उनको नाक तथा ओठ काटिदिएको अधिकारीहरूले सोमबार बताएका छन् ।
यस घटनाले पाकिस्तानमा महिलाले भोग्नुपरेको क्रूर हिंसालाई उजागर गरेको छ । यहाँ सन् २००९ मा घरेलुहिंसासम्बन्धी विधेयक सिनेटमा धार्मिक दलहरूको विरोधका कारण अवरूद्ध भएको थियो ।
इस्लामाबादबाट ४७५ किलोमिटर दक्षिणपश्चिमी कर्काना गाउँमा बाइस वर्षीय गुलाम कदिरले आफ्नी १८ वर्षीया श्रीमती सल्मासँग समस्याग्रस्त सम्बन्धका कारण शनिबार चक्कुले उनको मुख र नाक काटिदिएको बताइएको छ ।
मुसाखेल जिल्लाका प्रशासकीय अधिकृत नादिर खानले उक्त घटनापछि कदिर भागेको बताए । यो जिल्ला अफगानिस्तान तथा इरानको सीमासँग जोडिएको छ ।
प्रधानमन्त्री युसुफ रजा गिलानीले यस घटनामा दोषीलाई कारवाही गर्न निर्देशन दिनुभएको छ तर पाकिस्तानमा महिलामाथि हुने हिंसाका धेरै घटनामा दोषीलाई कारवाही भएको देखिन्न ।
मुसाखेलका सहायक आयुक्त अफ्ताव हसनाइनले यी महिलाका आमाबाबुले उनलाई अस्पताल लगेको र उनको अवस्था ठीकै रहेको बताउनुभयो । टेलिभिजन च्यानलहरूले सल्माको भिडियो चित्र प्रसारण गरेका थिए ।
तपाईको प्रतिक्रिया