Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
संखुवासभा– संखुवासभाको खाँदबारी १३ तुम्लिङटारकी ५ बर्षीया दलित नावालिकालाई बलात्कार गर्नेलाई जिल्ला अदालत चैनपुरले सोमबार १४ बर्ष कैदको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधिस सालिकग्राम कोइरालाको इजलासले सिरहा सितापुर ५ का सोभितलाल मुखियालाई १४ बर्ष कैदको फैसला सुनाएको निमित्त श्रेस्तेदार योगनारायण श्रेष्ठले बताए ।
उनका बाबु सारु नेपालीले दिएको जाहेरीको आधारमा मुद्दाको फैसला गरिएको अदालतले जनाएको छ । ती नावालिकालाई गत असार १७ गते मुखियाले आफ्नै कोठामा लगेर बलात्कार गरेका थिए ।
तपाईको प्रतिक्रिया