Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
विराटनगर- अखिल क्रान्तिकारीका अध्यक्ष लेखनाथ न्यौपानेले, नेतृत्वले चाँडै आफुलाई नसुधारे नयाँ पार्टीको उदय हुने चेतावनी दिनुभएको छ ।
बिराटनगरमा आयोजीत पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तै अवस्था रहे नयाँ चरणको आन्दोलनले नयाँ पार्टी स्थापना गरि नयाँ सेना गठन गर्ने चेतावनी दिनुभएकोहो ।नेतृत्व रुपान्तरण भए पार्टी एकता हुनसक्ने भएपनि रुपान्तरण हुन नसके बैद्य पक्षले हतियार नउठाएपनि अर्को पक्षले हतियार उठाउने उहाँको भनाई छ ।
पहिले नेपालमाथी हुने भारतीय हस्तक्षेपका बिरुद्ध लाग्ने पार्टी अहिले सरकारमा गएपछि उल्टै भारतको चाकडी गर्न थालेको उहाँको भनाई छ । नेपालबीच सम्बन्ध सुधार गर्नेतर्फ नभई नेतृत्व चाकडीमा मात्रै लागेको न्यौपानेले आरोप लगाउनुभयो ।
न्यौपानेले भन्नुभयोः चाकडीकै लागि हाम्रा नेताहरु दिनभर एउटा कुरा  गरेर साँझ बिहान भारतीय दुतावास धाउने गरेको पाइयो । यूवा नेतामा समेत उपभोक्ताबाद हावी हुादै गएको टिप्पणी गर्दै न्यौपानेले यसको ज्वलन्त उदाहरण जम्बो मन्त्रिमण्डल गठन भईसक्दा पनि यूवा नेताले म देशका निम्ति मन्त्रि बन्दिन भन्ने हिम्मत नगर्नु दुःखदायी भएको बताउनुभयो ।
तपाईको प्रतिक्रिया