Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौँ– नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलकी आमा ऋषिमाया पौडेलको आज बिहान ८८ वर्षको उमेरमा चितवनमा निधन भएको छ।
शोक मनाउन जानु पर्ने नेता पौडेललाई भने अहिले आफैले आह्वान गरेको बन्दले पिरोलेको छ। नेपाली कांग्रेसको आह्वानमा आज देशभर कार्यकर्ताहरुले बन्द गरिरहेका छन्। पार्टीले शान्तिपूर्ण बन्दको आह्वान गरेको भए पनि राजधानी लगायतका ठाउँमा सडकमा टायर जलाई बाटो अवरोध गरिएको छ भने केही ठाउँमा गाडी तोडफोड, आगजनी गरिएको छ।
नेपाली कांग्रेसले ऋषिमाया पौडेलको निधनप्रतिमा गहिरो दुःख व्यक्त गरेको छ । कांग्रेसका मुख्य सचिव वसन्तकुमार गौतमद्वारा जारी विज्ञप्तीमा भनिएको छ- दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै उपसभापति रामचन्द्र पौडेल लगायत सबै शोक सन्तप्त परिवारमा नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ ।
चितवनको माधवपुर गाविसमा बस्दै आएकी पौडेलकी आमाको त्यहीँ निधन भएको हो।
स्वर्गीय पौडेलका ५ भाई छोरा र ४ छोरी छन् ।
तपाईको प्रतिक्रिया